३० जेठ २०८३, शनिबार

नोबेल मेडिकल कलेजका विद्यार्थी र कर्मचारीबीच झडप, अस्पतालमा तोडफोड

नोबेल मेडिकल कलेजका विद्यार्थी र कर्मचारीबीच झडप, अस्पतालमा तोडफोड

नोबेल मेडिकल कलेजमा आइतवार विद्यार्थी र कर्मचारीबीच झडप भएको छ । 

कलेजका विद्यार्थीहरूले नियमित आन्दोलनका कार्यक्रम गरिरहेका बेला कर्मचारीहरूको समूहले कलेज बन्द गर्न पाइँदैन भन्दै विरोध जनाएपछि झडप भएको हो । 

झडपका कारण अस्पतालको केही झ्यालहरू फुटेका छन् । विद्यार्थीहरू पछिल्लो दुई हप्तादेखि आन्दोलित छन् । 

चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै एमबीबीएस पढ्ने विद्यार्थीहरू आन्दोलित छन् । उनीहरूले कलेज प्रशासन शाखामा तालाबन्दीसमेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्