२३ जेठ २०८३, शनिबार

भोजपुरी नायिका आम्रपालीले सिउँदो भर्दा निराश भए फ्यान

भोजपुरी नायिका आम्रपालीले सिउँदो भर्दा निराश भए फ्यान

भोजपुरी फिल्म उद्योगकी चर्चित अभिनेत्री आम्रपाली दुबेको छुट्टै पहिचान छ । 

आफ्नो दमदार अभिनयका कारण उनी आज उद्योगको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा परेकी छन् । फिल्मबाहेक आम्रपाली सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी प्रायः आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा आफ्ना तस्वीर र भिडियो फ्यानसँग शेयर गर्छिन् ।

साथै, फ्यानहरूले पनि यी तस्वीर र भिडियोहरू धेरै मन पराउँछन्। यसै क्रममा अहिले आम्रपालीले हालै सामाजिक सञ्जालमा आफ्नो एउटा भिडियो शेयर गरेकी छन् । 

यस भिडियोमा उनी भोजपुरी गीतमा नाचिरहेको देख्न सकिन्छ । इन्स्टाग्राममा शेयर गरिएको यो भिडियो आम्रपालीका फ्यानहरूले मन पराइरहेका छन् ।

अभिनेत्रीको यो रंगीन स्टाइललाई उनका फ्यानहरूले रुचाइरहेका छन् ।

यससँगै विभिन्न किसिमका टिप्पणी पनि भइरहेका छन् ।

अभिनेत्री प्रायः आफ्नो तस्वीरले फ्यानको मन जित्ने गर्छिन् । तर, कहिलेकाहीँ उनले आफ्नो तस्वीरले मानिसहरूलाई चकित पनि बनाउँछिन् । हालै नायिकाले हजुरआमाको सम्झनामा एउटा तस्वीर शेयर गरेकी थिइन् ।

यो तस्वीरमा नायिका सिउँदो भर्दै गरेको गर्दै देखिएकी छिन् । यो देखेर फ्यानहरु अचम्ममा परेका थिए ।

आम्रपाली दुबे भोजपुरी उद्योगकी चर्चित अभिनेत्री हुन् । तर, भोजपुरी बाहेक उनी धेरै हिन्दी टीभी सिरियलमा पनि देखा परेकी छन् । उनले 'सात फेरे, मेरा नाम करेगी रोशन, रहना है तेरी पलक की छांओ मे' जस्ता धेरै टीभी सिरियलमा काम गरिसकेकी छन् । आम्रपाली दुबेले भोजपुरी उद्योगमा निरहुआको फिल्म निरहुआ हिन्दूस्तानीबाट डेब्यु गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्