३० असार २०८३, मंगलबार

चन्द्रमामा आधिपत्य जमाउन चीन र अमेरिकाबीच प्रतिस्पर्धा !

पुस २५, २०७८
चन्द्रमामा आधिपत्य जमाउन चीन र अमेरिकाबीच प्रतिस्पर्धा !

अन्तरिक्षमा अमेरिका र चीनबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । 

चन्द्रमाको विषयमा दुई देशले प्रतिस्पर्धा गर्न लागेका हुन् । 

यसैबीच अमेरिकी अन्तरिक्ष नियोग नासाले मून मिसनको तयारी गरिरहेको छ । आर्टेमिस प्रोग्राम अन्तर्गत मानवरहित अन्तरिक्षयान चन्द्रमामा पठाउने र फर्काउने नासाको योजना छ । 

स्थायी रूपमा चन्द्रमामा बस्ती बनाउन खोज्ने अमेरिकाको मिसनमा संसारका तीन ठूला अन्तरिक्ष एजेन्सीले साथ दिएका छन् । 

यी तीन स्पेस एजेन्सीका साथै नासाले अन्य धेरै मुलुकसँग सम्झौता गरेको छ । 

अमेरिकाकेन्द्रित भएको भन्दै रुसले यस अभियानसँग नजोडिने बताएको छ । उसले चीनसँग मिलेर समानान्तर चन्द्र अभियान सञ्चालन गर्न खोजेको छ ।

चन्द्रमासँग जोडिएका प्रयोगहरूमा चीन अन्य देशको तुलनामा निकै अगाडि छ । चीनले चन्द्रमामा सफलतापूर्वक रोभर उतारेको थियो र चन्द्रमाबाट एक किलो ७३१ ग्रामको स्याम्पल पनि ल्याएको थियो । 

चीनका दुई रोभरहरू चुरोङ र यू–२ अहिले पनि चन्द्रमामै छन् । 

अमेरिकाले चाहिँ सन् २०३५ मा चन्द्रमामा बस्ती बनाउने लक्ष्य हासिल गर्ने आशा गरेको छ । चीनले चाहिँ चन्द्रमाको सतहमा बेस क्याम्प तयार पार्न खोजेको छ । 

खासमा चन्द्रमामा चीनको चासो बढेकाले अमेरिका लामो अन्तरालपछि चन्द्र मिसनमा लागेको हो । अमेरिकालाई चन्द्रमामा पाइने खनिज हिलियमले आर्थिक दृष्टिले आकर्षित गरेको हो । 

चीनले पनि चन्द्रमाको खनिजमा आँखा लगाइरहेको बताइन्छ ।

तर चन्द्रमाबाट हिलियम ल्याउन सोचे जति सजिलो छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्