०८ साउन २०८३, शुक्रबार

सीसीएमसीसीले गरेका निर्णय अदूरदर्शीः जनस्वास्थ्यविद् पाण्डे

सीसीएमसीसीले गरेका निर्णय अदूरदर्शीः जनस्वास्थ्यविद् पाण्डे

जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेले कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी)को आज बसेको बैठकले गरेका निर्णय अदूरदर्शी रहेको टिप्पणी गरेका छन् ।  बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सार्वजनिक स्थानमा कार्ड देखाएर मात्र प्रवेश पाउने जस्ता निर्णय गर्दै सम्बन्धित निकायमा सिफारिस गरेको थियो ।

तर पाण्डेले माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय कुन आधारमा भयो भन्दै प्रश्न गरेका छन् । ‘कुन आधारमा माघ १५ सम्म गर्ने ? माघभर गरेको भए धेरै बिद्यार्थी गाउँ जान पाउँथे, माघको अन्त्यमा उच्चबिन्दुतर्फ महामारी पुग्छ ।’

उनलेहोटल तथा रेष्टुरेन्ट, सिनेमा हल, रंगशालालगायतमा खोप कार्ड देखाएर मात्र प्रवेश पाउने निर्णयको प्रभावकारिता नहुने बताएका छन् । ‘अहिले खोप लगाएकाबाट खोप लगाएकालाई संक्रमण सरिरहेको छ । यो निर्णयको पनि प्रभावकारिता छैन’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्