२२ जेठ २०८३, शुक्रबार

म्यान्मार : आङ सान सू चीलाई ४ वर्षको कैद सजाय

पुस २६, २०७८
म्यान्मार : आङ सान सू चीलाई ४ वर्षको कैद सजाय

म्यान्मारको सैन्य अदालतले नेत्री आङ सान सू चीलाई तीनवटा मुद्दामा दोषी ठहर गरी थप चार वर्षको कैद सजाय दिइएको छ ।

७६ वर्षीया नोबेल पुरस्कार विजेता सू चीलाई लगभग एक वर्षअघि सेनाले कू गरेपछि हिरासतमा लिइएको छ । उनीविरुद्ध लगभग एक दर्जन अभियोग छ । राजनीतिक प्रतिशोधका साथ उनीविरुद्ध मुद्दा लगाइएको आलोचकहरू बताउँछन् ।

उनलाई अनुमति नलिइकन वाकीटकी बोकेकोमा दुई वर्ष अनि कोरोनाभाइरस नियन्त्रण नियम तोडेकोमा अर्को दुई वर्षको कैद सजाय दिइएको हो । 

सू चीविरुद्ध लगाइएका सबै आरोप प्रमाणित भएमा १०० वर्षभन्दा बढीको कैद सजाय हुनेछ । 

उनले आफूविरुद्धका सबै आरोप खण्डन गरेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्