२४ जेठ २०८३, आइतबार

र्‍यापर 'लाहुरे' अझै १७ दिन थुनामै रहने, हिरासतमा राख्न अदालतले दियो अनुमति

र्‍यापर 'लाहुरे' अझै १७ दिन थुनामै रहने, हिरासतमा राख्न अदालतले दियो अनुमति

लागूऔषध कारोवारीसँग पक्राउ परेका र्‍यापर ‘लाउरे’लाई १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

पुस १४ गते पोखराको न्यूरोडबाट लागूऔषधसहित पक्राउ परेका आशीष रानामगर अर्थात् लाहुरेलाई यसअघि ७ दिनको म्याद थप भएको थियो । 

अहिले दोस्रो पटक १७ दिन म्याद थप भएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले बताए । 

‘१७ दिन हिरासतमा राख्न अदालतबाट अनुमति पाएका छौं,’ एसपी थापाले लोकान्तरसँग भने । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनी लागूऔषध सेवनकर्ता भएको खुलेको थियो । उनीसँगै ध्रुव थापा, नवीन गुरुङ र सुस्मिता गुरुङ १३ दशमलब १ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्