×

NMB BANK
NIC ASIA

किन घट्दैछन् जलपन्छी ?

पुस २६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मुलुकका विभिन्न सिमसार क्षेत्रमा यतिखेर चराको चहलपहल बढ्दो छ । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्या अद्यावधिक गर्न जलपन्छीको गणना जारी छ ।  

Muktinath Bank

सन् १९८७ देखि हरेक वर्ष जनवरी १ देखि दुई हप्तासम्म गरिने जलपन्छी गणनामा स्वयंसेवी, पन्छी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय र संरक्षण संघसंस्थाको सहभागिता हुने गर्छ । सिमसारको संरक्षणमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘वेटल्यान्ड इन्टरनेशनल’ले विश्वव्यापीरूपमा यसको नेतृत्व गर्छ भने नेपालमा ‘हिमाली प्रकृति’ले समन्वय गर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चरा संरक्षणकर्मीका अनुसार विगतको तुलनामा चराको प्रजातिमा कमी नदेखिए पनि सङ्ख्यामा भने कमी आएको छ । ताल, तलाउ, पोखरी, नदीनाला, जलाशय, सिञ्चित खेत, जल क्षेत्रको घाँसे मैदान जस्ता सिमसार क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने आश्रित चरालाई जलपन्छी वा पानी चरा भनिन्छ ।


Advertisment
Nabil box
Kumari

राप्ती नदी र चितवन आसपास क्षेत्रमा जलपन्छी गणनामा संलग्न ‘बर्ड एजुकेशन सोसाइटी’का अध्यक्ष रमेश चौधरीले यसपालि सो क्षेत्रमा केही नयाँ प्रजाति चरा देखिए पनि सङ्ख्या भने घट्दो अवस्थामा रहेको बताए । 

Vianet communication
Laxmi Bank

सो क्षेत्रमा गत वर्ष ५५ प्रजातिका ९ हजार ५६५ फेला परेका थिए । उनका अनुसार बासस्थानमा बढ्दो मानवीय गतिविधि, जलस्रोतमा विषादीको प्रयोग, अवैध चरा शिकार तथा व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तन जस्ता कारणले पनि जलपन्छी विस्थापित हुँदै गएका छन् । उनले यकिन तथ्यांक भने सबै गणना सम्पन्न भएपछि मात्रै भन्न सकिने बताए । 

संरक्षित क्षेत्र र आसपासका मध्यवर्ती क्षेत्रमा गरिने गणनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पनि मातहातका निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रमार्फत गणनामा सहयोग गर्दै आएको छ । दुई हप्तासम्म चल्ने यस गणनामा ३०० भन्दाबढी अवलोकनकर्ता सहभागी छन् ।

नेपालमा अभिलेख भएका ८८९ प्रजातिका चरामा २०० हाराहारी जलपन्छी छन् । तिनमा पनि झण्डै १०० प्रजाति हिउँदे आगन्तुक चरा हुन् । रुस, काजकिस्तान, तुर्कमेनिस्तान, उज्वेकिस्तान, अजरबैजान, चीन, मंगोलियालगायत तिब्बती क्षेत्रबाट नेपाल आउने पाहुना चरा यहाँका सिमसारमा अनकूल मौसम, सुरक्षित वासस्थान र चरन क्षेत्रमा हिउँद बिताउँछन् ।

यसरी जाडो छल्न आउने हिउँदे आगन्तुक चराले प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पोखराका ताल, बीसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा समय बिताउँछन् । यी चरा नेपाल आउनेक्रम भदौ मध्यदेखि पुस मध्यसम्म जारी हुन्छ । चैतसम्ममा प्रायः चरा आफ्नो स्थायी बसोबासस्थलमा प्रजननका लागि फर्कन्छन् ।

मुलुकभरका पाँच दर्जन बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गरिने जलपन्छी गणना तराई क्षेत्रका सिमसार क्षेत्रमा बढी केन्द्रित भएको गणनाका राष्ट्रिय संयोजक डा. हेमसागर बरालले जानकारी दिए । स्वयंसेवीरूपमा गरिने यस गणनामा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई संरक्षणमा जनचेतना अभिवृद्धिसमेत गर्ने उद्देश्य रहेको उनको भनाइ छ । गत वर्षको गणनामा नेपालमा ६० हजार हाराहारीमा पानी चरा भेटिएको तथ्यांक छ ।

कैलाली र कञ्चनपुर क्षेत्रमा गणनामा संलग्न संरक्षणकर्मी हिरुलाल डङ्गौराले ताल सुक्दै जानु, बासस्थानको विनाश, तालमा माछापालन गर्दा त्यहाँ आउने चरालाई माछा खान्छ भनेर धपाउने तथा बासस्थानमा बढ्दो मानवीय गतिविधिका कारण चराको सङ्ख्यामा कमी देखिएको बताए । 

यस्तै चरा संरक्षण नेटवर्कका अध्यक्ष डिआर चौधरीले घोडाघाडी क्षेत्रमा बकुल्ला प्रजातिका चराको सङ्ख्या केही धेरै देखिए पनि जम्मा सङ्ख्या भने गत वर्षको हाराहारीमा नै देखिएको बताए । गत वर्ष घोडाघोडी क्षेत्रमा ३२ प्रजातिका दुई हजार ५८ सङ्ख्यामा देखिएका थिए ।

यस गणनामा चरा चिन्ने विज्ञको नेतृत्वमा अन्य सहभागीको सहयोगले चरा पहिचान गरी गणना गरिन्छ । नेपालका सिमसार क्षेत्रमा यतिबेला विभिन्न प्रजातिका हाँस, बकुल्ला, लामा आउले, सुडसुडियालगायतका चरा बढी देखिन्छन् । गणनामा जलपन्छीका प्रजाति, तिनको सङ्ख्या, सङ्कट र बासस्थानमा देखिएका समस्याजस्ता जानकारी अभिलेख गरिँदै आएको छ ।

‘कोशी पन्छी समाज’का पूर्वअध्यक्ष अनिश तिम्सिना पनि कोशी क्षेत्रमा यसपाली चराको सङ्ख्यामा कमी देखिएको बताए । सिमसार क्षेत्रको सङ्कुचन, जलकुम्भी र मिचाहा प्रजातिको वृद्धि, अनियन्त्रित माछा मार्नेलगायतका मानवीय गतिविधिका कारण चराको सङ्ख्यामा कमी आएको हुनसक्ने उनको भनाइ छ ।  

अर्का संरक्षणकर्मी कृष्णप्रसाद भुसालले दशकअघि कोशी नदी आसपासमा मात्रै पचासौँ हजार पानीचरा भेटिने गरेकामा हाल देशभरको गणनामा मुस्किलले ५० हजार भेटिने गरेको बताए । उनले सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावट, ढल तथा मेलापर्वका सामान विसर्जन, बाह्य तथा मिचाहा प्रजातिको सङ्क्रमणले सिमसारको गुणस्तर र आयु छोट्याइदिएको बताए । 

पछिल्ला दिनमा सिमसारमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, पर्यटन प्रवर्द्धनका नाममा तालतलैयामा डुंगा सञ्चालन, भौतिक संरचनाको निर्माण र वनभोज जस्ता पर्यावरण प्रतिकूलतासमेत थपिएका छन् ।

गणनाका राष्ट्रिय संयोजक बरालले भने जलपन्छीको बासस्थानमा थुप्रै चुनौती थपिएको भए पनि जलपन्छीको प्रजाति र सङ्ख्या बारेमा देशभरिको सबै विवरण आएपछि मात्र यकिन तथ्यांक भन्न सकिने बताए । 

संरक्षण क्षेत्र बाहिरका सिमसार र वरपरको क्षेत्र तीव्र मानवीय दोहनका कारण जोखिममा परेका छन् । तसर्थ जलपन्छी संरक्षण र सिमसार क्षेत्रको दिगो व्यवस्थापनका लागि आवश्यक प्रभावकारी कदम चाल्नुपर्ने जरुरी रहेको पन्छी संरक्षणकर्मीको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x