×

X
Nic Asia
Marvel
Khukuri

ओलीको बोली

स्थानीय तहको निर्वाचन टारेर सरकार लुटमारमा लागेको ओलीको आरोप

काठमाडाैं | पुस २६, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
तस्वीरः रासस
British college
TVS INSIDE

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार स्थानीय तहको निर्वाचन टारेर लुटमारमा लागेको आरोप लगाएका छन् । 

DHARA
LAxmi BAnk

एमाले संखुवासभा जिल्ला कमिटीको आठौं अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सत्तारूढ दलहरू तोकिएको समयमा निर्वाचन नगरेर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन लागेको बताएका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘सरकार लुटमारमा लागेको छ । स्थानीय तहलाई नेतृत्वविहिन बनाएर कर्मचारीको भरमा चलाउने षड्य​​न्त्रमा लागेको छ,’  ओलीले भने, ‘त्यस्तो २०५९ सालमा पनि भएको थियो । त्यसबेला चुनाव गराइएन । स्थानीय तहहरू जनप्रतिनिधिविहीन भएर भद्रगोल भयो ।’

कानूनअनुसार फागुनमा निर्वाचन हुनुपर्ने तर सरकारले अहिलेसम्म निर्वाचनको लागि कुनै तयारी नगरेको उनले बताए ।


Advertisment
Bizbazar
Saurya island

विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरूलाई स्वागत गर्दै उनले एमाले शासनको सहारा लिएर लुटपाट गर्ने पार्टी नभई देश बनाउने पार्टी भएको बताए । 

‘देश बनाउने अभिभारा एमालेलाई छ । त्यो अभिभारा पूरा गर्न नदिने गरी एमालेलाई बाधा व्यवधान खडा गरेका छन्,’ ओलीले भने, ‘एमालेले दुनियाँ हल्लाउने गरी काम गरेपछि अदालतको सहारा लिएर सरकारबाट हटाउने काम भयो ।’

Vianet communication
IME BANK INNEWS

अरू पार्टीबाट एमाले प्रवेश गर्नेहरूले सही पार्टी छनौट गरेको समेत उनले बताए । अरू पार्टी कम्युनिष्टको खोल ओढेर प्रतिक्रियावादी काम गर्ने र दक्षिणपन्थीको सेवा गर्ने आडम्बरी सोचको रहेको पनि ओलीले बताए ।

नवप्रवेशीलाई स्वागत गर्दै उनले भने, ‘वामपन्थी खोल ओढेका पार्टीमा साथीहरू अलमल नगर्नुहोस् । एमाले मात्रै परिवर्तन चाहने, देशमा उन्नति, प्रगति चाहने, सामाजिक न्याय र समानता दिने पार्टी हो । वामपन्थी खोल ओढेर प्रतिक्रियावादी काम गर्ने दक्षिणपन्थीको सेवामा समर्पित हुने, कम्युनिष्ट पार्टी फुटाउने, सरकार ढाल्ने र आफूलाई दक्षिणपन्थी खेमामा समाहित गर्ने तत्व र तीनका पार्टीमा नअलमलिन आग्रह गर्छु ।’

एमाले सरकारमा हुँदा किमाथांका सडक बनाउन पहल गरेको उनले बताए । 

‘किमाथांका सडक बनाउन एमाले चाहियो । विकासको लागि त एमाले नै चाहिने रहेछ भन्ने यसले प्रमाणित गरेको छ,’ ओलीले भने, ‘विराटनगरदेखि किमाथांकासम्मको अन्तर्राष्ट्रियस्तरको बाटो बन्दैछ । जुनसुकै मौसममा चल्न सक्ने भएकोले यो बाटोले नेपाललाई चीन हुँदै विश्वसमुदायसँग जोड्छ ।’

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १६, २०७९

नेकपा एमालेले शहीद रामनारायण मण्डल (मुरबल)की श्रीमती फूलोकुमारी देवीको नाम समानुपातिक उम्मेदवारको बन्द सूचीमा समावेश गरेको छ । गत असोज ८ मा जनकपुर जाँदा एमाले अध्यक्ष ओली शहीद नगर–नगरपालिकाको हडबार...

असोज १६, २०७९

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले मुलुकलाई राजनीतिक दुर्घटनामा पर्न नदिनका लागि राजनीतिक दलहरू सचेत रहनुपर्ने बताएका छन् । उनले मुलुकमा दुर्घटना हुन्छ भन्ने आवाज पनि सुनिएको उल्लेख...

असोज १६, २०७९

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बडादशैं २०७९ को अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले आइतबार जारी गरेको शुभकामना ...

असोज १६, २०७९

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेलको लागि तारन्तार छलफल भइरहेका छन् । पाँच दलीय गठबन्धनबाट बाहिरिने निर्णय गरेको जसपाका नेताहरूले चुनावी तालमेलको लागि एमालेका शीर्ष नेताहरूला...

असोज १६, २०७९

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले महात्मा गान्धी दिवसलाई नेपालमा पनि स्वच्छता दिवसको रुपमा मनाउनुपर्ने बताएका छन् । १५३औँ गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आइतवार काठमाडौंमा आ...

असोज १६, २०७९

आगामी म‌सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ निर्वाचन आयोगमा पेश गरिएको उम्मेदवारको बन्दसूचीमाथि बाँकी साना १२ दलले आइतवार संशोधित सूची बुझाउँदैछन् । आयोगले ...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x