युनिफिल मिसन लेबनानमा तैनाथ बर्दबहादुर गण (शान्ति सेना) सर्वोत्कृष्ट बन्न सफल भएको छ । अन्य १० राष्ट्रका गणहरूमध्ये नेपाली सेनाको बर्दबहादुर गण ६२ औं डफ्फा सर्वाेत्कृष्ट हुन सफल भएको हो ।
योेगदानको कदरस्वरुप गणका गणपतिलाई युनिफिलका मिसन प्रमुख तथा फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले फोर्स हेडक्वार्टर नाकुरामा कार्यक्रम गर्दै उत्कृष्टताको प्रतीक तथा प्रशंसापत्र प्रदान गरेका थिए ।
उक्त गणले मिसन इलाकामा तैनाथ भएदेखि नै कोभिड–१९ को चरम मार खेपिरहेको आफ्नो जिम्मेवारी क्षेत्रको आठवटै पालिकाहरूमा कोभिड कीट वितरण गरेको थियो भने वृक्षारोपण, ऐतिसाहिक किल्लाको संरक्षणलगायतका सामाजिक काम पनि गरेको थियो ।
स्थानीय निकाय, लेवनानी शसस्त्र बल तथा अन्य सरोकारवाला निकायहरुसँग अर्थपूर्ण समन्वय र सहकार्य गरी मिसनको इतिहासमै पहिलो पटक लेवनान र ईजरायलका फैलिएको जैतुन बाली भित्र्याउने कार्यलाई तनावरहित वातावरणमा सुरक्षित र शान्तिपूर्ण रुपमा सम्पन्न समेत गरेको सेनाले जनाएको छ ।
