
एम. भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५ औ जन्मदिनको अवसरमा ग्रुपले विभिन्न सामाजिक कार्यक्रमहरू सम्पन्न गरेको छ ।
ग्रुपले जन्मदिनको अवसरमा शनिवार देशभर रहेका आफ्ना शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । मुलुकभरबाट ग्रुपले ६६६ युनिट रगत संकलन गरेको छ ।
जन्मोत्सवकै पूर्व सन्ध्यामा सोलुखुम्बु र रामेछापमा ग्रुपको आयोजनामा निशुल्क आँखा शिविर सफलता पूर्वक सम्पन्न भएको छ ।
शिविर पौष १८ गते मंगलवार देखि २३ गते शनिवारसम्म सोलुखुम्बु र रामेछापको विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरूमा स्वास्थ्य शिविर आयोजना गरेको थियो ।
उक्त शिविरमा ७०/८० वर्षका वृद्धा बुवा/आमाहरू बढी लाभान्वित भएका छन् । शिविरमा ९५० जनाले आँखा जाच गरेका थिए, जसमध्ये ६० जनाको मोतियाविन्दुकाे र ३ जनाको आँखामा मासु पलाएकाहरुको सफल शल्यक्रिया गरिएको थियो ।
केहि अशक्त विरामीहरुलाई दुगड ग्रुपका कर्मचारीहरुले नै घरैबाट लाने र पुर्याउने सुविधा सेवा दिएका थिए ।
अध्यक्ष दुगड आफैंपनि उक्त शिविरमा दुई रात बसेर शिविरको प्रत्यक्ष अवलोकन र निगरानी गरेका थिए ।
त्यसै गरि दुगड ग्रुपले देशव्यापी रुपमै वृहत वृक्षरोपण कार्यक्रमको पनि आयोजना गरेको थियो ।
जसबाट नेपाल भरीको हाम्रा शाखाहरूबाट २७३५ वटा विरुवाहरु आँप, केरा, लिची, अम्बा, अमला, अशोका, तेज पत्ता, नीम, पिपल, कपुर, मेवा, धुपी, मलेसियन साल, अनार, सरिफा, रुद्राक्ष, सपाट लगायतका अन्य बोट विरुवाहरु विभिन्न सार्वजनिक ठाउँहरु, स्कुल, मन्दिर परिसर, रोडहरुको छेउमा, काठमाण्डौ र हेटौडा औद्योगिक क्षेत्र परिसर भित्र,डोलेश्वर महादेव र सम्पूर्ण दुगड ग्रुपको शाखाहरुमा पहिलो चरणको वृक्षरोपण गरिएको थियो ।
यस्तै दोस्रो चरणको वृक्षारोपण पनि छिट्टै आयोजना गर्ने ग्रुपले जनाएको छ । रोपिएका वृक्षहरुको सहि हेरचाहको पनि जिम्मा दुगड ग्रुपले नै लिएको छ ।
यस्तै ग्रुपले विरगंजमा अवस्थित मानव सेवा आश्रमका ६४ जना बृद्धाहरुलाई खाना खुवाएको छ ।
यसै गरी ग्रुपका उपाध्यक्ष विवेक दुगडले आफ्नो बुवा मोतीलालको जन्मोत्सवको अवसरमा २५ जना विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको घोषणा पनि गरेका छन् ।