०३ साउन २०८३, आइतबार

राष्ट्रनिर्मातासामु शिर झुकाउँदा गौरवको अनुभूति हुन्छः कमल थापा

राष्ट्रनिर्मातासामु शिर झुकाउँदा गौरवको अनुभूति हुन्छः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले राष्ट्रनिर्माता अघि शिर झुकाउँदा गौरवको अनुभूति हुने बताएका छन् । 

‘राष्ट्रनिर्माताको सामुन्ने शिर झुकाउँदा गौरवको अनुभूति हुन्छ, ३०० औं जन्म जयन्तीको अवसरमा आज सिंहदरबार स्थित राष्ट्रनिर्माताको शालिकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेँ,’ उनले ट्वीटरमा लेखेका छन्, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह अमर रहुन् ।’

थापाले पृथ्वीजयन्तीको अवसरमा मंगलवार सिंहदरवारस्थित पृथ्वीनारायण शाहको शालीकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।  

यसअघि थापाले पृथ्वी जयन्तीको अवसर पारेर ‘राष्ट्रिय एकता अभियान’ शुरू गर्न लागेका थिए । तर, कोरोना संक्रमण बढ्दै गएको भन्दै अभियान स्थगित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्