२३ जेठ २०८३, शनिबार

शिवम् सिमेन्टले गर्‍यो तीन हजार ४५ निर्माणकर्मीसँग प्राविधिक अन्तक्रिया

शिवम् सिमेन्टले गर्‍यो तीन हजार ४५ निर्माणकर्मीसँग प्राविधिक अन्तक्रिया

शिवम् सिमेन्ट लि.ले देशका विभिन्न ५२ स्थानका तीन हजार ४५ निर्माणकर्मीसँग निर्माणसम्बन्धी प्राविधिक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

अन्तरक्रिया साथै दैनिक निर्माण कार्यमा खटिने उक्त निर्माणकर्मीहरूको ५ लाख रूपैयाँ बराबरको जोखिम बीमासमेत गराएको छ । 

अन्र्तक्रियामा उपस्थित निर्माणकर्मीहरूलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीहरूलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो । 

सो अन्तक्र्रिया कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीहरूका लागि ५ लाख बराबरको दुर्घटना बीमा गरेर बीमा पोलिसी हस्तान्तरण गरिएको थियो । साथै उपस्थित तीन हजार ४५ निर्माणकर्मीहरूलाई दैनिक कार्यमा आवश्यक पर्ने सामान, ब्याग, टिफिन बक्स आदिका साथै बीमा पोलिसीसमेत हस्तान्तरण गरियो । 

शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्रअन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुंगा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गोरखा, तनहुँ, बागलुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगायतका जिल्लाहरूको विभिन्न ५२ स्थानमा उक्त निर्माण परामर्श कार्यक्रम सञ्चालन गरिएको थियो ।

शिवम् सिमेन्टले निरन्तर रुपमा बिक्रीपछिको निःशुल्क प्राविधिक सेवासमेत दिँदै आइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्