×

NMB BANK
NIC ASIA

झारफुकको नाममा बालिकाको हत्या

बालिका हत्या प्रकरण : माता आएको भन्दै प्रहरी हिरासतमै काँप्न थालेपछि ...

पुस २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बालिका हत्याको आरोपमा पक्राउ परेकै दिन प्रहरी हिरासतमा माता आएको भन्दै काँप्ने कथित ‘माता’ उमा शाही ठकुरीको चटक अहिले भने बन्द भएको छ । 

Muktinath Bank

नागार्जुन नगरपालिका– १ पानीट्याङ्कीमा टहरामा बस्दै आएकी उमालाई हत्या आरोपमा आइतबार प्रहरीले पक्राउ गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ परेको पहिलो दिन महानगरीय प्रहरी वृत्त स्वयम्भूमै हात हेर्ने, काँप्ने लगायतका क्रियाकलाप गरेकी थिइन् । तर, अहिले त्यस्तो गतिविधि बन्द भएको वृत्तका डीएसपी मिलन केसीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

‘उहाँले पहिलो दिन माता उत्रेको भन्दै काँप्ने लगायतका गतिविधि गर्नुभएको थियो,’ डीएसपी केसीले लोकान्तरसँग भने, ‘अहिले शान्त भएर बस्नुभएको छ ।’

Vianet communication
Laxmi Bank

प्रहरीले ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । उनले प्रारम्भिक बयानमा आफूले जानेको मन्त्रले झारफुक गरेको बताएकी छन् । 

‘मैले जनाको मन्त्रले झारफुक गरेकी हुँ,’ उनको बयान उद्धृत गर्दै अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ।

‘उहाँले उपचार गर्छु भन्दै टाउकोमा हिर्काउने, त्रिशूलले घोच्ने गरेका कारण मृत्यु भएको हुनसक्छ,’ अनुसन्धानमा खटिएका अधिकारीले लोकान्तरसँग भने ।

तर वृत्तपति केसीले भने पोष्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने बताए । 

२१ दिन अगाडि टाउकोमा समस्या देखिएपछि आफन्तको सल्लाहका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नरपालिका–२ भई भक्तपुर धुञ्चेपाखा बस्दै आएकी १४ वर्षीया किशोरीलाई उनकी आमा रोशनी श्रेष्ठले कथित माताकोमा ल्याएकी थिइन् । 

माताले आफूले निको बनाइदिने भन्दै ती बालिकालाई आफ्नो शरणमा छाड्न भनिन् । उनीहरू उपचार हुने आशामा बालिकालाई त्यहाँ छाडेर गएका थिए । 

तर हिजो बिहान ५ बजे अचेत भएपछि ती माताले आफन्तलाई फोन गरेर बोलाएको तथा आफन्तले अस्पताल लैजाँदै गर्दा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी मैनालीले लोकान्तरलाई बताए । 

‘ती बालिका बेहोश भएपछि अस्पताल लगिएको थियो तर अस्पतालले त्यहाँ आउन भन्दा पहिला नै मृत्यु भएको बताएको थियो,’ एसपी मैनालीले भने, ‘आफन्तले प्रहरीलाई खबर गरेपछि हामीले ती माता भनिने उमासहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं ।’

ती बालिकाको शरीरभरी निलडाम र चोटहरू देखिएका छन् । कथित माता उमाले त्रिशूलले घोचेर हत्या गरेको आरोप परिवारले लगाएको छ ।

ती बालिकाका आफन्तका अनुसार उनको शरीरमा निलडाम, ठाउँ–ठाउँमा तिखो चिजले घोचेका प्वालहरू छन् । मुखमा चोटैचोट र नाकबाट रगत आएको अवस्थामा ती बालिका थिइन् । 

प्रहरीले त्रिशूलले घोचे नघोचेको पुष्टि नभएको तर यातनाबाट ती बालिकाको मृत्यु भएको हुनसक्ने बताएको छ ।

कक्षा ७ मा अध्ययनरत ती बालिकाको परीक्षा आएको भन्दै बीचमा परिवार पनि लिन आएका थिए । तर, ती कथित माताले ज्यान ठूलो कि पढाइ भन्दै यत्तिकै फर्काएको पाइएको डीएसपी केसीले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x