२२ जेठ २०८३, शुक्रबार

प्रदेश १ एमाले : १२ जिल्लामा चुनाव हुँदा १० बुँदे पक्षधरको एक नेता मात्रै निर्वाचित

प्रदेश १ एमाले : १२ जिल्लामा चुनाव हुँदा १० बुँदे पक्षधरको एक नेता मात्रै निर्वाचित

नेकपा एमाले प्रदेश १ मा १० बुँदे पक्षधर कमजोर देखिएको छ।

१२ जिल्लाको अधिवेशन सकिँदा १ जिल्लामा मात्रै उक्त पक्षधरका नेता अध्यक्ष बनेका छन् ।

पूर्व मुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भोजपुरमा शरण राई अध्यक्ष बनेका छन् ।

आफुलाई बलियो बनाउनका लागि पूर्व मुख्यमन्त्री राईले शरणलाई सर्वसम्मत अध्यक्ष बनाएका हुन् । अन्य जिल्लामा भने १० बुँदे पक्षका नेताहरु पाखा लागेका हुन । यसअघि नेतृत्व गरिरहेका तेह्रथुमका अध्यक्ष लक्षमण तिवारी तथा ताप्लेजुङका बलबहादुर साम्सोहाङ भने पाखा लागि सकेका छन् । 

एमालेको शुक्रवार देखी जारी अधिवेशनले संखुवासभा र सुनसरी बाहेकमा नेतृत्व टुंगाएको छ । सुनसरीमा अध्यक्षमा रेवती रवण भण्डारी, खेमराज पोख्रेल र द्धारीकलाल चौधरी चुनावी प्रतिष्पर्धामा थिए । सुनसरीमा आज चुनाव भएको छ । तिनै जना पार्टी अध्यक्ष केपी ओली पक्षका नेता हुन् । 

संखुवासभामा ओलीले हिजो मात्रै अधिवेशनको उद्घाटन गरेका थिए । एमाले झापा,मोरङ,धनकुटा, खोटाङ, तेह्रथुम, भोजपुर,सोलुखुम्बु,पाँचथर र उदयपुरमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । 

प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेका अनुसार एमाले मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल,झापा अध्यक्ष दीपक कार्की, खोटाङ अध्यक्षमा रामप्रसाद दंगाल, धनकुटा अध्यक्षमा इन्द्रमणि पराजुली, तेह्रथुम जिल्ला अध्यक्षमा तेजमान कन्दङ्वा, पाँचथर जिल्ला अध्यक्षमा राजकुमार भण्डारी र भोजपुर अध्यक्षमा शरण राई र खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल र उदयपुरमा परमानन्द घिमिरे चयन भएका छन् । सोलुखुम्बुमा डुपु कुमार बास्तोला चयन भएका छन् । 

अध्यक्ष न्यौपानेका अनुसार इलाममा चुनाव बाट एमालेको नेतृत्व टुंगाइएको छ । इलाममा महेश बस्नेतले ६९४ मत पाउँदा उनका प्रतिस्पर्धी डा. देवी क्षेत्री दुलाललाई फराकिलो मतान्तरले पराजित बनेका थिए ।

दुलालले ६४ मत मात्रै प्राप्त गरेका थिए । ताप्लेजुङमा भुपेन्द्र थेबे निर्वाचित भएका छन् । बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि पार्दै थेबे निर्वाचित भएका हुन् । थेबेले ३ सय २९ र साम्सोहाङले २ सय ७३ मत प्राप्त गरेका थिए । साम्सोहाङ नेता योगेश भट्टराई निकटका हुन् ।

उनी भिम आचार्य नेतृत्वको प्रदेश सरकारमा सामाजिक बिकास मन्त्री समेत भएका थिए । यस्तै ओखलढुङ्गामा पनि चुनावबाट शकर कटुवाल निर्वाचित भएका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्