
कैलालीको गेटामा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ।
मंगलवार महेन्द्रनगरमा आयोजित एक कार्यक्रमका लागि धनगढी विमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिश्व अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
मन्त्री आले चढेको सुप प्रदेश ०१००१ झ ३३ गाडीलाई विपरित दिशाबाट आएको बा४च १३७७ नम्बरको गाडीले ठक्कर दिएको एसपी अधिकारीले जानकारी दिए।
'धनगढी विमानस्थलबाट कञ्चनपुरका लागि हामी स्कर्टिङ गर्दै थियौं, सोही अवस्थामा विपरित दिशाबाट आएको अर्को गाडीले ठक्कर दिएको हो,' उनले भने ।
गाइलाई ठक्कर दिएर अनियन्त्रित भएको कारले आलेको गाडीलाई पनी ठक्कर दिएको प्रहरीले बताएको छ ।
मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका छन् ।
ठक्कर दिने गाडीमा सवार सबै सकुशल रहेको प्रहरीले जनाएको छ । गाडी चालक पवन कठायतलाई भने प्रहरीले नियन्त्रणमा लिएको एसपी अधिकारीको भनाइ छ ।