२९ असार २०८३, सोमबार

स्कन्ध पुराणमा लेखिएजस्तो पदचिह्न भेटियो

पुस २८, २०७८
स्कन्ध पुराणमा लेखिएजस्तो पदचिह्न भेटियो

 स्कन्ध महापुराणको मानस खण्डको १५७ अध्यायमा डोटीको जोरायलमा श्रीकृष्ण भगवान्का पदचिह्न रहेको उल्लेख छ। त्यससँगै मिल्दोजुल्दो लाग्ने पाइतालाको आकृति कुँदिएको ढुंगा हालै जोरायल गाउँपालिकाकै वडा नम्बर २ विष्णुपादुकामा भेटिएको छ। जुन श्रीकृष्ण भगवान्का दुई पाउ भएको दाबी जगद्गुरु मोहनशरण देवाचार्यले गरेका छन्। पुरातत्त्व विभागले भने त्यसको अध्ययन गरी पुष्टि गर्न बाँकी छ।

‘१८ पुराणमध्ये श्रीमद् स्कन्ध महापुराणको मानस खण्डको १५७ अध्यायमा उल्लेख भएको भगवान् श्रीकृष्णको दुवै पाउ फेला परेको छ। यस हिसाबले यी पाउ साढे पाँच हजार वर्ष पुराना हुन्’, जगद्गुरु देवाचार्यले  भने, ‘मानस खण्डमा पढेपछि फेला पर्छ कि भनेर खोज्ने सोच आयो। सात वर्षको अथक प्रयासपछि बल्ल भेटियो।’ यस्तो अमूल्य निधि राष्ट्रमा दुर्लभ हुने जगद्गुरु देवाचार्यको भनाइ छ। उक्त स्थान फलाद्री र गरुडा पर्वतको मध्यभागमा कालंगा गंगाको किनार रहेको उनको भनाइ छ। यो नदीलाई मानस खण्डमा वीर्यवती नदी पनि भनिएको छ। गोपीकृष्ण ढुंगानाले अन्नपूर्ण पोस्टमा खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्