
विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्टबाट युरोपको आधाभन्दा बढी जनसंख्या संक्रमित हुने बताएको छ । संगठनले मंगलबार अबको ६ देखि ८ हप्ताभित्रमा युरोपको आधाभन्दा बढी जनसंखया ओमिक्रोनबाट संक्रमित हुने बताएको खबर एजेन्सीलाई उदृत गर्दै अन्नपूर्ण पोस्टले छापेको छ ।