२२ असार २०८३, सोमबार

महोत्तरीमा साढे ३ लाखको भन्सार छलीको सामान बरामद

महोत्तरीमा साढे ३ लाखको भन्सार छलीको सामान बरामद

महोत्तरीको जलेश्वर नगरपालिका–१, जलेश्वरबाट मंगलवार करीब तीन लाख ५६ हजार रूपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरिएको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाएको एपीएफले जनाएको छ । 

यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले मंगलबार करीब दुई लाख २४ हजार रूपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको एपीएफले जनाएको छ ।

भारतबाट अवैध रुपले चार वटा साइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको औषधि, मोबाइल पार्टस् र हार्डवेयरका सामान सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१५ बसपार्कबाट बरामद गरेको हो । 

बरामद सामान भन्सार कार्यालय वीरगंजमा बुझाएको एपीएफले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्