०८ असार २०८३, सोमबार

साल्ट ट्रेडिङको रासायनिक मल हिनामिना गरेको भन्दै पासवानविरुद्ध मुद्दा

साल्ट ट्रेडिङको रासायनिक मल हिनामिना गरेको भन्दै पासवानविरुद्ध मुद्दा

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मल बिक्री केन्द्र सल्यानका इन्चार्ज तत्कालीन जुनियर सहायक विजयकुमार पासवानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार आरोपपत्र दायर गरेको छ ।

मलको रकम हिनामिना गरेको भन्दै अख्तियारले पासवानविरुद्ध १८ लाख ७६ हजार ६६४ रूपैयाँ बिगो कायम गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । 

अख्तियारका अनुसार पासवानले मलको रकम साल्ट ट्रेडिङको आधिकारिक खातामा रकम दाखिला गर्नुपर्ने आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गरेको पाइएपछि मुद्दा दायर गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्