२६ असार २०८३, शुक्रबार

चुनावको मुखैमा मुख्यमन्त्री योगी आदित्यनाथलाई धक्का, मन्त्रीले राजीनामा दिएर गरे पार्टी त्याग

पुस २८, २०७८
चुनावको मुखैमा मुख्यमन्त्री योगी आदित्यनाथलाई धक्का, मन्त्रीले राजीनामा दिएर गरे पार्टी त्याग

भारतको उत्तर प्रदेश (यूपी) मा विधानसभा चुनाव नजिकिँदै गर्दा भारतीय जनता पार्टी (भाजपा) मुख्यमन्त्री योगी आदित्यनाथलाई धक्का लागेको छ ।

योगी नेतृत्वको सरकारमा मन्त्री रहेका दारासिंह चौहानले मन्त्री पदबाट राजीनामा दिँदै पार्टी नै परित्याग गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यसअघि समेत कतिपय विधायक र मन्त्रीले समेत पार्टी परित्याग गरेर समाजवादी पार्टीमा प्रवेश गरिसकेका छन् ।

यसअघि मंगलवार श्रममन्त्री स्वामीप्रसाद मौर्यले समेत राजीनामा दिएका थिए । उनीसँगै ४ अन्य विधायकले समेत पार्टी परित्याग गरेका छन् ।

उत्तर प्रदेशमा राजनीतिक दलहरू चुनावको तयारीमा रहेका बेला पार्टी परित्याग र प्रवेशको लहर चलेको छ । 

salt training

कमेन्ट गर्नुहोस्