२२ जेठ २०८३, शुक्रबार

सङ्क्रमित भएका परीक्षार्थीलाई अलग राखेर परीक्षा सञ्चालन

पुस २९, २०७८
सङ्क्रमित भएका परीक्षार्थीलाई अलग राखेर परीक्षा सञ्चालन

त्रिभुवन विश्वविद्यालयले कोरोना  सङ्क्रमित  भएका  परीक्षार्थीलाई  अलग  राखेर परीक्षा सञ्चालन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार अहिले राजधानीका विभिन्न परीक्षा  केन्द्रबाट  १७  जना  कोरोना  सङ्क्रमितले  परीक्षा दिइरहेका छन् । परीक्षा नियन्त्रण कार्यालयले अहिले स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षामा सम्मिलित हुन सङ्क्रमित विद्यार्थी पनि आएपछि अलग कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिएको बताए । उनका  अनुसार  सबैभन्दा  धेरै  सङ्क्रमित  बानेश्वर क्याम्पसमा छन् । यस केन्द्रमा १० जना कोरोना सङ्क्रमितले परीक्षा दिइरहेका छन् । त्यस्ता परीक्षार्थीलाई  ठूलो  कोठामा  राखेर  परीक्षा  दिने  व्यवस्था गरिएको छ, गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्