×

NMB BANK
NIC ASIA

नेपाल क्लियरिङ हाउसको वार्षिक साधारण सभा सम्पन्न

पुस २९, २०७८

NTC
Premier Steels

नेपाल क्लियरिङ हाउस लिमिटेडको १० औं वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ ।

Muktinath Bank

सभाले कम्पनीको चुक्तापूँजी ४१ दशमलव १ करोड रुपैयाँ  रहेकोमा ३८ प्रतिशत बोनस शेयर वितरण गरी ५६ दशमलव ७६ करोड रुपैयाँ पुर्‍याउनुको साथै अधिकृत पूँजी १ अर्ब रुपैयाँ पुर्‍याउने निर्णय गरेको  छ । साथै सभाले बोनस शेयरको कर प्रयोजनका लागि  दुई प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभाले पूँजी वृद्धि मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरू स्थापना गर्ने,जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्तर्गतको हाल कार्यान्वयनमा रहेको  पूर्वाधार स्थापना गर्न उक्त पूँजी प्रयोग गर्ने निर्णय पनि गरेको छ । 


Advertisment
Nabil box
Kumari

सभामा कम्पनीले सञ्चालन गर्दै आएका भुक्तानी प्रणालीहरूको कारोबार शुल्क अत्यधिक रुपमा घटाएता पनि कम्पनीको भुक्तानी कारोबार संख्यामा उल्लेख्य वृद्धि भएको जानकारी दिइयो । अघिल्लो आवको चार महिनामा कोभिड–१९ को पहिलो लकडाउनमा कम्पनीले सम्पूर्ण कारोबारको शुल्कमा छूट दिएको कारण आव २०७७/ ७८ मा कम्पनीको खुद नाफा ३८ प्रतिशतले वृद्धि भएको पनि सो अवसरमा जानकारी दिइयो   ।

Vianet communication

सभाले कम्पनीको सञ्चालक समितिमा दुई जना नयाँ सञ्चालकहरु निर्विरोध चयन गरेको छ ।

सभाले सञ्चालक सदस्यमा बिकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्व गर्दै रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठलाई निर्वाचित गरेको छ ।

सभा सीमित शेयर होल्डरहरुको उपस्थितिमा सरकारले लागू गरेको सम्पूर्ण कोभिडको प्रोटोकलहरु पालना गरी अनलाइन र अफलाइन माध्यमबाट सम्पन्न भएको कम्पनीले बताएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x