×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टोली एपीएफको लगातार तेस्रो जीत

पुस २९, २०७८

NTC
Premier Steels

विभागीय टोली एपीएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत निकाल्दा सुदूरपश्चिम प्रदेशले पहिलो जीत निकालेको छ ।

Muktinath Bank

मूलपानी मैदानमा बिहीवार भएको खेलमा विभागीय टोली एपीएफले गण्डकी प्रदेशमाथि २ रनको रोमाञ्चक जीत निकाल्दा अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कीर्तिपुर मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै जारी प्रतियोगितामा पहिलो जीत निकालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

९३ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ९० रन बनाउन सक्यो । जीतसँगै ३ खेलबाट ६ अंक जोडेको एपीएफ सेमिफाइनल नजिक पुगेको छ ।


Advertisment
Nabil box
Kumari

एपीएफले यसअघि प्रदेश २ र बागमती प्रदेशलाई पराजित गरेको थियो । यता गण्डकीको लगातार दोस्रो पराजय हो । यसअघि गण्डकीले पहिलो खेल प्रदेश २ विरुद्ध २ विकेटले हारेको थियो ।

Vianet communication

गण्डकीका लागि कप्तान विपिन खत्रीले सर्वाधिक ३६ रनको योगदान गरेपनि जीतका लागि पर्याप्त हुन सकेन । विधान श्रेष्ठले २९ रनको योगदान गर्दा अर्जुन कुमालले ८ रन जोड्नुबाहेक अन्य ब्याट्स म्यानले राम्रो स्कोर गर्न सकेनन् । 

गण्डकीलाई सस्तैमा समेट्ने क्रममा एपीएफका कमल ऐरीले ३ विकेट हात पारे भने किशोर महतोले २ तथा अविनाश बोहराको नाममा १/१ विकेट रह्यो ।

यसअघि टस जीतेर पहिले ब्याटिङ गरेको एपीएफले १८.४ ओभरमा सबै विकेट गुमाएर ९२ रन जोडेको थियो । एपीएफका लागि प्रदिप ऐरीले १७ रन जोड्दा आसिफ शेखले १६ रनको योगदान गरे । गण्डकीका कमल परियारले सर्वाधिक ३ विकेट हात पारे । विशाल पौडेलले २ विकेट लिए । कृष्ण पौडेल, सुवाश भण्डारी र चन्द्र पौडेलले १–१ विकेट हात पारे ।

समूह ‘ए’ अन्तर्गत त्रिवि मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै सुदूरपश्चिमले जारी प्रतियोगितामा पहिलो जीत निकालेको हो । यसअघि सुदुरपश्चिम पहिलो खेलमा पुलिस क्लबसँग २ रनले हारेको थियो ।

पराजित कर्णालीले ३ खेलमा दोस्रो पराजय भोगेको छ । यसअघि कर्णालीले त्रिभुवन आर्मी क्लबसँग ६३ रनको पराजय भोग्दा प्रदेश १ लाई ३१ रनले हराएको थियो ।

१५४ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली १९.१ ओभरमा सबै विकेट गुमाएर मात्र १०६ रन जोड्न सक्यो । कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान गरे पनि जीतका लागि पर्याप्त भएन ।

अर्जुन घर्तीले २४ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३० रन जोडे । कर्णालीको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा शेर मल्लले सर्वाधिक ४ विकेट निकाले । हेमन्त धामीले २ विकेट हात पारे । आदित्य महता, गजेन्द्र बोहरा र विकास अग्रीले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन जोडेको थियो । सुदूरपश्चिमका लागि अर्जुन साउँदले सर्वाधिक ३२ रनको योगदान गर्दा वसन्त कार्कीले २८ रन जोडे । दिपक बोहराले २५ तथा खडक बोहराले २२ रनको योगदान गरे ।

कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट हात पारे । रविन्द्र शाही र दिवान पुनले २–२ विकेट लिए भने दिनेश अधिकारीले १ विकेट निकाले ।

यसैबीच मुलपानी क्रिकेट मैदानमा हुने भनिएको त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर १ बीचको खेल मैदानमा पानी परेका कारण कारण हुन सकेन ।

कीर्तिपुर मैदानमा नै भएको अर्को खेलमा लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ लाई ४२ रनले हराउँदै जारी प्रतियोगितामा पहिलो जीत निकाल्यो ।

प्रदेश २ ले ३ खेलमा दोस्रो पराजय भोगेको छ ।  बिहीवारको खेलमा १६२ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९ रन मात्र जोड्न सक्यो । प्रदेश २ का लागि विवेक यादवले सर्वाधिक ३६ रन जोडे । हरिकृष्ण झा र सन्तोष कार्कीले समान १४–१४ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका अनिल खरेलले सर्वाधिक ५ विकेट हात पारे । कृष्ण कार्की, सिद्धान्त शाही र बसिर अहमदले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६१ रन जोडेको थियो । लुम्बिनीका लागि देव खनालले अर्धशतकीय इनिङ्स खेले । खनालले ३८ बलमा ५४ रन जोड्दा ४ चौका र २ छक्का प्रहार गरे । बसिर अहमद र सन्दीप रजालीले समान ३०–३० रन जोडे ।

बलिङमा प्रदेश २ का विवेक यादव र रुपेश सिंहको नाममा समान २–२ विकेट रह्यो । हरिशंकर साह, महबुब आलम र विशाल सुसलिङले समान १–१ विकेट हात पारे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x