१८ असार २०८३, बिहीबार

नागरिकताको सिफारिसमै १ लाख ३५ हजार रुपैयाँ घुस !

नागरिकताको सिफारिसमै १ लाख ३५ हजार रुपैयाँ घुस !

नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानूनी प्रबन्ध छ । नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो । नागरिकताको सिफारिसका लागि स्थानीय निकायले केही सामान्य शुल्क तोकेको हुन्छ ।

स्याङ्जा जिल्लाको एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनी १ लाख ३५ हजार रुपैयाँ घुस लिएको फेला परेको छ ।

स्याङ्जाको भिरकोट नगरपालिका–९ का वडाध्यक्ष भीमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनेर घुस लिएको पाइएको हो ।

वडाध्यक्ष भीमबहादुरले आर्थिक प्रलोभनका आधारमा परी दोहोरो नागरिकता बनाउन झूटा विवरणका आधारमा बदनियत तरिकाले गलत सिफारिस गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगले बिहीवार वडाध्यक्ष भीमबहादुरविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्