१० साउन २०८३, आइतबार

अस्ट्रेलियाले पुनः खारेज गर्‍यो जोकोभिचको भिसा, खेल्न पाउलान् ओपन ?

पुस ३०, २०७८
अस्ट्रेलियाले पुनः खारेज गर्‍यो जोकोभिचको भिसा, खेल्न पाउलान् ओपन ?

अस्ट्रेलिया सरकारले टेनिस स्टार नोभाक जोकोविचको भिसा दोस्रोपटक खारेन गरेको छ ।

कोरोनाविरुद्धको खोप नलगाइकनै अस्ट्रेलियामा खेल्न पाउनुपर्ने जोकोविचको तर्कलाई उक्त देशले मानेको छैन । 

अध्यागमन मन्त्री एलेक्स हकको यस निर्णयका कारण जोकोविचलाई देशनिकाला गरिने सम्भावना छ । 

तर त्यहाँ बसेर अस्ट्रेलियन ओपन खेल्नका लागि जोकोविचले पुनरावेदन दिन सक्छन् । 

सोमवारबाट शुरू हुने ओपन खेल्नका लागि जोकोविचको तालिका सार्वजनिक भइसकेको छ । 

‘आज मैले आफ्नो अधिकारको उपयोग गर्दै स्वास्थ्य र सुव्यवस्थाका आधारमा नोभाक जोकोविचको भिसा रद्द गर्ने निर्णय लिएको छु । सार्वजनिक हितका लागि यो गर्नपर्ने थियो,’ हकले बयान जारी गरेर बताए । 

यस निर्णयपछि जोकोविचले नयाँ भिसामा तीन वर्षको प्रतिबन्ध सामना गर्न सक्छन् । 

गत ६ जनवरीमा मेलबोर्न पुगेका जोकोविचको भिसा त्यही दिन रद्द गरिएको थियो । उनले खोपबाट छुट पाउने विषयमा उपयुक्त प्रमाण उपलब्ध गराउन नसकेको भनी अस्ट्रेलियन बोर्डर फोर्सका अधिकारीहरूले बताएपछि भिसा रद्द गरिएको थियो । 

लामो समयसम्म कोभिड लकडाउनमा बसेका अस्ट्रेलियालीहरूले खोप नलगाएका जोकोविचलाई देशमा आउन दिइएको भन्दै व्यापक विरोध गरेका थिए । 

उनलाई नियन्त्रणमा लिएर घन्टौंसम्म अध्यागमनमा राखिएको थियो । त्यसपछि उनी कैयौं दिनसम्म अध्यागमनको होटलमा बसेका थिए । 

पछि एक न्यायाधीशले उनको भिसा पुनर्बहाली गरी उनलाई नियन्त्रणमुक्त गर्न आदेश दिए । जोकोविच अस्ट्रेलिया आइपुग्दा बोर्डर अधिकारीहरूले सही प्रक्रिया नअपनाएको न्यायाधीशको भनाइ थियो । 

तर शुक्रवार हकले अस्ट्रेलियाको माइग्रेसन याक्टअन्तर्गत बेग्लै अधिकार उपयोग गर्दै जोकोविचको भिसा रद्द गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्