०४ साउन २०८३, सोमबार

नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित, सञ्चालक समितिको अध्यक्षमा पुनः पौडेल

नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित, सञ्चालक समितिको अध्यक्षमा पुनः पौडेल

नबिल बैंकको शुक्रवार सम्पन्न ३७औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट  दिने निर्णय भएको ३८ प्रतिशत लाभांश पारित गरेको छ ।

बैंकले ३३.६० बोनस शेयर र ४.४० प्रतिशत नगद लाभांश दिने भएको छ ।

गत आवमा बैंकले गरेको ४ अर्ब ५३ करोड नाफाबाट लाभांश दिने भएको हो ।

मुनाफा वितरणपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७४५ रुपैयाँ पुगेको छ ।

बैंकको शुक्रवार नै सम्पन्न बैंक सञ्चालक समितिको ५८८औं बैठकले सञ्चालक समितिको अध्यक्षमा पुनः उपेन्द्रप्रसाद पौडेललाई नियुक्त गरेको छ ।

पौडेल २०७४ मंसिर १५ गतेदेखि बैंक सञ्चालक समिति एनबी (इन्टरेनसनल) लाई प्रतिनिधित्व गर्दै आएका छन् । बैंकले हालसम्म १६ अर्बभन्दा बढी रकम देशको राजस्वमा योगदान गरिसकेको दाबी गरेको छ ।

नबिलका हाल १३५ वटा शाखा, १८७ वटा एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्ट छन् ।

salt training

कमेन्ट गर्नुहोस्