
सरकारले सहसचिव शंकर प्रसाद खरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
उनी अबको ४ दिनमा अनिवार्य अवकाशमा जाँदैछन् । ५८ वर्षे सेवा अवधिका कारण उनी माघ ४ गते अनिवार्य अवकाशमा जाने भएका हुन् ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले उनलाई बढुवाका लागि तेस्रो नम्बरमा नाम राखेर बढुवाका लागि सिफारिस गरिएको थियो ।