
कर्णाली प्रदेश प्रमुख तिलक परियारले थारु समुदायले मनाउने माघी र मगर समुदायले मनाउने माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
‘माघी तथा माघे संक्रान्ति’को अवसरमा प्रदेश प्रमुख परियारले स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा नेपाली तथा कर्णालीवासीमा शुभकामना व्यक्त गरेका छन् ।
‘बहुजाति, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक विविधताले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गरेको छ,’ उनले भने, ‘यो पर्वले पनि पारस्पारिक मित्रता र सहिष्णुता अभिवृद्धि गर्दै आएको छ ।’
प्रदेश प्रमुख परियाले तरुल, सख्खरखण्ड, लड्डु, माछा, मासुजस्ता परिकार खाने, नाचागन गर्ने, पोखरी, दह तथा तलाउमा गएर नुहाउने र नाचगान गर्दै धुमधामका साथ मनाउने यस पर्वले नेपालको सांस्कृतिक विविधतामा महत्त्वपूर्ण स्थान ओगटेको बताए ।
उनले सांस्कृतिक पर्वहरूले हाम्रो पहिचान र मौलिकतालाई उजागर गरेको भन्दै थारु तथा मगर समुदायको यस पर्वले आपसी भाइचारा तथा बन्धुत्व कायम भई मुलुकको समृद्धि र विकास गर्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।