माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समाजशास्त्रमा स्नातकोत्तर गरेका हेटौंडा–४ का प्रकाश सुवेदी बट्टाई चरापालक किसान हुन् । ३६ वर्षीय प्रकाश स्वास्थ्यका दृष्टिकोणले उपयुक्त मानिने बट्टाई चराको अण्डा र मासु बेचेर व्यवसायी बनेका छन् ।
प्रकाश कुनै बेला मोटरपार्टस् सम्बन्धी काम गर्दथे । सूर्य नेपाल चुरोटको डिलरमा समेत उनले केही समय काम गरे । ७ वर्ष पहिले ५ लाख रुपैयाँ लगानीमा घरमै बट्टाई चरा पाल्ने उनको योजना परिवार र छिमेकीलाई समेत अनौठो लागेको थियो ।
उनले चल्ला उत्पादन गर्ने ह्याचरी मशिन खरिद गरी ४०० वटा अण्डाबाट ३२० वटा चल्ला उत्पादन गरे । अहिले उनीसँग २ हजार वटा बट्टाई चरा छन् । उनले सञ्चालन गरेको सूर्य नेपाल पन्छी फर्मले दैनिक १ हजार २०० वटा अण्डा उत्पादन गरिरहेको छ । बट्टाई चराको मासु बिक्रीबाट मासिक ५० हजार रुपैयाँ आम्दानी भइरहेको छ । प्रतिक्रेट २०० रुपैयाँका दरले अण्डा र प्रतिचरा १२५ रुपैयाँका दरले मासु बिक्री गर्दै आएका छन् उनी ।
उनको काम यतिमा मात्र सीमित छैन, युवाहरूलाई बट्टाई चरा सम्बन्धी जानकारी बाँड्दै उद्यमशीलताका लागि प्रेरणा जगाइरहेका छन् । हालसम्म जिल्लाभित्र १० जना नयाँ युवालाई व्यवसायी बनाउन सहयोग गरिसकेको सुवेदीले बताए ।
मकवानपुरमा नौलो कामको शुरूआत गरेका सुवेदीले शुरूमा बजारमा बिक्रीवितरणका लागि समस्या भोगे । पहिले बट्टाई चरा सम्बन्धी सबैमा ज्ञान नहुँदा समस्या भएको तर अहिले बजारको समस्या नरहेको उनले बताए । ‘बट्टाई एक प्रकारको चरा हो, अण्डा पनि चराको जस्तै सानो–सानो र छिर्केबिर्के रंगको हुन्छ । बट्टाइको मासु र अण्डाले दम, बाथ, युरिक एसिड, निमोनिया, सुगर, प्रेसर नियन्त्रणका लागि विशेष फाइदा पुर्याउने भएकाले बजारमा माग बढी छ,’ उनले भने, ‘यसको अण्डा नियमित रूपमा खाने गर्नाले तौल सन्तुलन, स्मरण शक्ति बढ्ने, हड्डी बलियो बनाउने जस्ता फाइदा हुन्छन् ।’
बट्टाई चराको अण्डाको माग दिनप्रति दिन बढ्दै गएको उनले बताए । ‘हामीसँग धेरै उत्पादन त हुँदैन, बिहान जम्मा भएको अण्डा साँझसम्म बिक्री भइसक्छ,’ उनले भने, ‘बजारको माग र आवश्यकता हेरेर व्यवसाय बढाउने सोचमा छु ।’
व्यवसायबाट मासिक ६० हजार रुपैयाँ सजिलै आम्दानी लिन सकिने उनले बताए । बट्टाईको अण्डा प्रतिगोटा १० रुपैयाँ, चराको होलसेल भाउमै प्रतिचरा १५० रुपैयाँ मूल्य पाइन्छ । ‘चिसो सिजनमा अलि बचाउनुपर्छ, २५–३५ डिग्री सेल्सियसबीचको तापक्रममा बाँच्ने बट्टाई ५ हप्तामा मासु खान योग्य हुन्छ भने ५ हप्ताबाट अण्डा पार्न थाल्छ,’ उनले भने ।
चराका लागी आवश्यक दाना उत्पादन गर्न घरमै मिल पनि खोलेको उनले बताए । ‘यसलाई कुखुराजस्तो धेरै हेरचाह गर्नु पर्दैन,’ उनले भने, ‘कुखुराको चल्ला जस्तो भ्याक्सिन दिनु पर्दैन, समय–समयमा पानी र दाना हाले मात्र पनि राम्रोसँग उत्पादन दिन्छ ।’
शुरूमा बजारको विषयमा चिन्ता भए पनि अब सबै चिन्ता हटेको उनले बताए । ‘यसको बजार राम्रो रहेको पाएको छु । दैनिक रूपमा अण्डा, मासुका लागि चरा र यसबाट निस्केको मल पनि करेसाबारी, गमलामा हाल्न लिन आउने गर्छन्, मल पनि वार्षिक २०० बोरा जति मल प्रतिबोरा २०० रुपैयाँका दरले बेच्ने गरेको छु ।’
उनको परिवारमा आमाबुवा, पत्नी र एक छोरीसहित ५ जना रहेका छन् । ‘गर्न सके र इच्छाशक्ति भए जीवनयापनका लागि ३०–३५ हजार रुपैयाँ कमाउन भविष्य खोज्दै खाडी मुलुक जानु पर्दैन,’ उनले भने, ‘आफ्नो देशमै आफ्नो ठाउँमा बसेर परिवारसँगै रमाउँदै काम गर्न पाउने भएकाले पनि व्यवसायप्रति आकर्षित थिएँ, अब मजस्तै यही आफ्नो देशमा केही गर्छु भन्ने र गर्न चाहने युवाहरूलाई आफूले जानेका कुराहरू सल्लाह दिँदै यही उद्यमशीलता विकास लागि सहयोग गर्दैछु ।’
अघिल्लो वर्ष कोरोना महामारी शुरू भएसँगै आहारा व्यवस्थापन र उत्पादन बिक्रीमा समस्या भोग्नुपरेको उनले बताए । नेपाल कृषि प्रधान देश भए पनि पन्छी व्यवसायलाई सरकारले खासै महत्त्वका साथ नहेरेको उनले बताए ।
कोरोना महामारीमा धैरै समस्या भोगेको बताउँदै उनले संकटमा पनि सरकारले सहयोग नगरेकोप्रति गुनासो पोखे । ‘सरकारले कृषि क्षेत्रका लागि बजेट भाषणमा धैरै पैसा छुट्याएको सुनेको छु तर राजनीतिक नेतृत्वसंँग नजिक भएका र पहुँचवालाले मात्र त्यस्ता रकमहरू सरकारबाट सहयोग पाउने गरेका छन्,’ उनले भने ।
सरकारले सहयोग गरेको खण्डमा बागमती प्रदेशलाई बट्टाइको हबको रूपमा विकास गर्न सकिने उनले बताए ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...