२४ असार २०८३, बुधबार

पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी सुन तस्करीमा संलग्न रहेको खुलासा

पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी सुन तस्करीमा संलग्न रहेको खुलासा

नेपाल पर्यटन बोर्ड (एनटीबी) का सीईओ धनञ्जय रेग्मी सुन तस्करी प्रकरणमा मुछिएको पाइएको छ । पर्यटन मन्त्रालयले गरेको छानबिका क्रममा उनी एउटा पुरानो मुद्दामा दोषी ठहर भएको पाइएको हो ।  २०७४ साल पुस ७ गते  कतार एयरलाइन्सको विमानमार्फत नेपाल आउँदा उनी सुनसहित पक्राउ परेको विमानस्थल भन्सार कार्यालयले मन्त्रालयलाई पठाइएको पत्रमा उल्लेख छ ।

कार्यालयले पुस ३० गते पठाएको पत्रमा कतार एयरलाइन्सको विमानबाट नेपाल आउँदा  उनले बिस्कुट आकारको ३ थान सुन ल्याएको र त्यसमा ३० ग्राम अवैध भएपछि पक्राउ परेको उल्लेख गरिएको छ ।   
सो प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०७४ पुस ७ गते मुद्दा दर्ता गरेको थियो । यस्तै अदालतले ०७७ भदौ २१ मा मुद्दा फैसला गर्दा कसुर ठहर भइ सुन जफतसहित १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्