जेठ ३, २०७९
पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो परिणामअनुसार २९ हजार ६०१ मत गणना हुँदा आचार्यले १२ हजार ४०० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्...
काठमाडाैं | माघ ३, २०७८
केपी ओली नेतृत्वको सरकारमा बनमन्त्री रहँदा आफ्नै अभिव्यक्ति र कार्यशैलीले आलोचनाका पात्र बनेका प्रेम आले शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने त्यसको ठीक विपरित प्रशंसाका पात्र बनेका छन् । देउवा प्रधानमन्त्री बनेको ६ महिना बितिसक्दा उनी नेतृत्वको सरकारको ‘लाज’ सिङ्गै आलेले ढाकिदिएको भनेर टिकाटिप्पणी समेत हुने गरेको छ । हुन पनि परमादेशमार्फत सरकारको नेतृत्वमा आएको देउवा नेतृत्वको सरकारले उल्लेखनीय त्यस्तो काम नगरेको जनगुनासो छ । भारतले नेपाली भूभागमा सडक विस्तार गर्दासम्म दुई सातासम्म सरकार चुक्क बोलेन । आइतबारमात्रै सरकारका प्रवक्ताले सरकारको धारणा भन्दै लिपुलेक नेपालको हो भनेर बिना हस्ताक्षरको विज्ञप्ति जारी गरेका छन् । अझै पनि सरकारले भारतलाई ‘प्रोटेस्ट नोट’ पठाइएको जानकारीमा आएको छैन ।
प्रेम आलेले भने मन्त्री बनेसँगै आफू मातहतको निकायको कामलाई प्रभावकारी ढंगले सम्पादन गर्दै आएका छन् । उनले विमानस्थलमा देखिएको बेथितिलाई सुधारतर्फ लगेका छन् भने नारायणहिटी दरबार संग्राहलयभित्र बतास समूहले बनाउँदै गरेको रेस्टुरेन्ट निर्माणमा रोक लगाएका छन् । यस्तै सेटिङको आधारमा भएका ठेक्काहरु उनले रद्ध गराइदिएका छन् भने कोरोना महामारीका क्रममा चार्टर फ्लाइटमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न समिति बनाएका छन् । यस्तै नेपाल एयरलाइन्समा सुधारको थालनी पनि उनीबाट भएको छ । जसअनुसार अनलाइन टिकेटिङ, एयरलाइन्सको नेतृत्वलाई अनावश्यक पारिमिक नदिने, एयरलाइन्सको बजार विस्तारलगायतमा उनले केही पहल थालेका छन् ।
यस्तै आफ्नो कार्यक्षेत्रभित्र रहेका बेथिति र अनियमिततालाई भत्काउँदै सुधारको पहल थाल्ने उनले घोषणा गरेका छन् । उनकै शब्दमा भन्ने हो भने ‘सेटिङ’लाई भत्काउने अभियानमा उनी देखिएका छन् । उनले आफूलाई केहीको लोभलालच नभएको भन्दै मन्त्रीको रुपमा रहँदासम्म इमान्दार भएर काम गर्ने पनि बताउँदै आएका छन् । यस्तै काम गर्दा जनस्तरमा आले चर्चाको पात्र बनेका छन् । सामाजिक सञ्जालदेखि चिया चौतारीसम्म उनको कार्यशैली प्रशंसनीय भएको भनेर टिकाटिप्पणी सुन्न पाइन्छ । स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवाले समेत राम्रो काम गरेको भनेर आलेलाई धन्यवाद दिएका छन् ।
राजनीतिक दलका नेताहरुले जनअपेक्षाअनुसार काम नगरेको भनेर गुनासो आउने गरेका छन् । नेतृत्वमा रहनेहरूले कसरी काम गर्नुपर्छ र जनताले के चाहन्छन् भन्ने उदाहरण पनि हो, आलेको प्रशंशा । केही पहिले काँग्रेसको महाधिवेशनको उद्घाटनसत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले नेताहरुलाई गाउँघरमा ‘चोर भन्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । भाषा जस्तो भएपनि लिङ्देनको संकेत नेताहरुले जनताको पक्षमा काम गर्नुपर्छ भन्ने नै थियो । स्मरण गर्नुपर्ने कुरा के हो भने आलेले तत्काल राम्रो काम गरेको भएपनि उनको परीक्षा हुन अझै धेरै बाँकी छ । उनले आगामी दिनमा कसरी कार्यसम्पादन गर्छन् त्यो हेर्नुपर्ने हुन्छ र विवादास्पद विगतको पनि समीक्षा अवस्य हुनुपर्छ । आलेको सक्रियतासम्बन्धी यही टिप्पणीसहित लोकान्तरको नियमित प्रस्तुति ‘लोकान्तर राउण्ड अप’मा पाठकलाई स्वागत छ ।
अब बितेका २४ घण्टाका समाचार संक्षेपमाः
यसैबीच पर्यटनमन्त्री प्रेम आलेले आइतबार पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशालाको निरीक्षण गरे । उनले धर्मशालामा बनेको होटल देखेर आफू ‘सक’ भएको प्रतिक्रिया दिए । होटल बतास अर्गनाइजेशनले चलाइरहेको छ ।
००००
यता नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी सुन तस्करी प्रकरणमा मुछिएको पाइएको छ । पर्यटन मन्त्रालयले गरेको छानबिका क्रममा उनी एउटा पुरानो मुद्दामा दोषी ठहर भएको पाइएको हो । २०७४ साल पुस ७ गते कतार एयरलाइन्सको विमानमार्फत नेपाल आउँदा उनी सुनसहित पक्राउ परेको विमानस्थल भन्सार कार्यालयले मन्त्रालयलाई पठाइएको पत्रमा उल्लेख छ ।
कार्यालयले पुस ३० गते पठाएको पत्रमा कतार एयरलाइन्सको विमानबाट नेपाल आउँदा उनले बिस्कुट आकारको ३ थान सुन ल्याएको र त्यसमा ३० ग्राम अवैध भएपछि पक्राउ परेको उल्लेख गरिएको छ ।
सो प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०७४ पुस ७ गते मुद्दा दर्ता गरेको थियो । यस्तै अदालतले ०७७ भदौ २१ मा मुद्दा फैसला गर्दा कसुर ठहर भइ सुन जफतसहित १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना भएको थियो । रेग्मीलाई मन्त्री आलेले हटाउन चाहेका छन् तर उनी सफल बनेका छैनन् ।
००००
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहित संक्रमणको तेस्रो लहर शुरू भएपछि सरकारले कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी नयाँ आदेश, २०७८ जारी गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड–१९ महामारीको तेस्रो लहर नेपालमा समेत बढ्दै गएकाले त्यसको रोकथाम तथा नियन्त्रण, निदान र उपचारका लागि आदेश जारी गरिएको बताएका छन् ।
००००
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले एकतर्फीरूपमा सडक बनाइरहेको सन्दर्भमा नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको स्पष्ट गरेका हुन् ।
००००
पछिल्लो २४ घण्टामा चार हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ नमूना परीक्षणमध्ये ४५३४ पीसीआर र ४२७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
००००
काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको एक बीचक्राफ्ट जहाज सात मिनेटमै पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै फर्किएको छ ।
आइतवार बिहान साढे १० बजे पोखरा उडेको यो जहाजमा साढे तीन मिनेटमै प्राविधिक समस्या देखिएको थियो ।
००००
सोमवार तय भएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । अब माघ १६ गते प्रतिनिधि सभा बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ । यस्तै राष्ट्रियसभा बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ ।
००००
नेपालले अफगानिस्तानलाई करीब १४ टन मानवीय सहायता सामग्री उपलब्ध गराएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली काबुल पुगेर उक्त सामग्री हस्तान्तरण गरेको हो ।
००००
नेप्से २९ सय अंक नाघेको छ । साताको पहिलो दिन आइतवार ६९ अंकले शेयर बजार बढेर नेप्सेले २९२६.७४ अंकमा पुगेको हो । नेप्से बढेसँगै आइतवार ९ अर्ब ६७ करोड रूपैयाँको कारोबार भएको छ । बजार बढेका कारण सबै समूहका सूचकमा हरियाली देखिएको छ ।
पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो परिणामअनुसार २९ हजार ६०१ मत गणना हुँदा आचार्यले १२ हजार ४०० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्...
बर्दियाको मधुवन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा कांग्रेसका तेजबहादुर भाटले ८ हजार ७७५ मत सहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवा...
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन्। नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन्। अधिकारीले १० हजार ३४०...
भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाएकी छन् । बुधवार बिहानसम्ममा २४,३८५ मतको गणना हुँदा रेनुले ८ हजार ६२३ मतसहित अग्रता लिइरहेकी हुन् ...
विराटनगर महानगरपालिकाको जारी मतगणनामा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् । बुधबार बिहान निर्वाचन अधिकृतको कार्यालयबाट घोषित मतपरिणामअनुसार हालसम्म ३६९२३ मतगणन...
काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् । बुधवार बिहान १ बजेको मतगणनाअनुसार बालेनले १३ हजार ७६१ मत पाएका छन् । पछिल्लो मतपरिणामअनुसा...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...