जेठ १४, २०७९
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ कैदीको कैद सजाय माफी मिनाहा गरेकी छन् । गणतन्त्र दिवसका अवसरमा सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको...
विराटनगर | माघ ३, २०७८
एक आँखा अस्पतालको तथ्यांक हेर्दा सामुदायिक विद्यालयमा पढ्नेभन्दा निजी विद्यालयमा पढ्ने र शहरी क्षेत्रमा बस्ने विद्यार्थीका आँखामा धेरै समस्या रहेको पाइएको छ ।
तीन वर्षदेखि विद्यालयमा गएर आँखा परीक्षण र उपचार गर्दै आएको विराटनगर आँखा अस्पतालको तथ्यांक हेर्दा सामुदायिकमा भन्दा निजीमा पढ्ने विद्यार्थीमा आँखाको समस्या दोब्बर रहेको पाइएको हो ।
नेत्र ज्योति संघ र दातृ संस्था अरबीसको सहयोगमा विराटनगर आँखा अस्पतालले क्षेत्रीय आँखा उपचार कार्यक्रमअन्तर्गत सुनसरी र विराटनगर महानगरपालिकाका सबै विद्यालयमा आँखा शिविर सञ्चालन गरेको थियो ।
सुनसरी र विराटनगर महानगरपालिकास्थित ६३३ विद्यालयका २ लाख ५३ हजार ९१७ जना विद्यार्थीको आँखा परीक्षण गर्दा सामुदायिकमा अध्ययनरतमा ३ र संस्थागत विद्यालयमा अध्ययनरत ६ प्रतिशत बालबालिकामा दृष्टि दोष पाइएको अस्पतालका आँखा उपचार कार्यक्रम संयोजक सुधीर ठाकुरले बताए ।
२ लाख ५३ हजार ९१७ विद्यार्थीमध्ये १० हजार ३६ जना विद्यार्थीमा दृष्टि दोष देखिएको उनले बताए । उनका अनुसार त्यसमध्ये २ हजार ९३२ जनाले पहिलादेखि नै चस्मा लगाइरहेका थिए ।
दृष्टि दोष पत्ता लागेका ७ हजार १ सय ४ सहित सबै विद्यार्थीलाई कार्यक्रमअन्तर्गत निःशुल्क नयाँ चस्मा प्रदान गरको उनले बताए ।
दृष्टि दोष देखिएका ७७५ जना विद्यार्थीको आँखामा औषधी उपचार र १०५ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको ठाकुरले बताए ।
कोरोनाको समयमा अनलाइन माध्यमबाट पठनपाठन गर्दा आँखामा समस्या थपिन सक्ने चिकित्सकहरूको चिन्ता छ ।
स–साना बालबालिकाले पनि मोबाइलविना खाना नखानु, सुत्दा मोबाइल हेरेर मात्रै सुत्नु, बाहिर हिँडडुल वा घुमफिर नगर्नु, किताबमा मात्रै ध्यान दिनु जस्ता कारणले पनि बालबालिकाको आँखा कमजोर भएको चिकित्सकहरू बताउँछन् ।
बाल नेत्र रोग विशेषज्ञ डा. पवन श्रेष्ठले सामुदायिक विद्यालय र निजी विद्यालयका विद्यार्थीको खानपानले पनि फरक पार्ने गरेको पाइएको छ ।
निजी विद्यालयमा पढ्ने धेरै बालबालिका शहरमा बस्ने र उनीहरूले जङ्क फूड धेरै खाने तथा गाउँमा बस्ने बालबालिकाहरूले बाह्यभन्दा घरेलु खानेकुरा बढी खाने गरेकाले यस किसिमको अन्तर पाइएको उनको बुझाइ छ ।
चस्मा लगाएका विद्यार्थीले नियमित चस्मा लगाए यसको अन्त्य हुने श्रेष्ठले बताए । विद्यालयमा शिक्षकले र घरमा अभिभावकले बालबालिकालाई नियमित चस्मा लगाउन प्रेरित गर्नुपर्ने उनको सुझाव छ।
चस्मा नलगाएपछि आँखाको हेर्ने क्षमता हराउँदै गएर आँखा सुस्त हुने र अन्धोपनाको जोखिम समेत हुनसक्ने उनले बताए ।
दूर दृष्टि दोष भएका बालबालिकालाई प्रत्येक ६/६ महिनामा नियमित आँखाको जाँच गराउन पनि उनको सुझाव छ ।
घरभित्र मोबाइल, कम्प्युटर, टीभीमा धेरै भुल्न नदिन र बाहिर शारीरिक खेलहरूमा फोकस गराउन समेत उनले सुझाव दिए ।
मोबाइल, टीभीजस्ता डिभाइसले दूरदृष्टिको समस्या निम्त्याउने गर्छ ।
सामुदायिक विद्यालयभन्दा निजी विद्यालयका विद्यार्थीको आँखामा समस्या हुनुको अर्को कारण विद्यालयको भौतिक संरचना पनि भएको अस्पतालका प्रमुख कुमार पृथुले बताए ।
प्रायः निजी स्कूलका संरचना कंक्रिटले बनेका र साँघुरो हुने भएकाले टाढासम्म हेर्न नमिल्दा पनि दूरदृष्टिको समस्या हुने गरेको उनको निष्कर्ष छ ।
शरीरको सबैभन्दा संवेदनशील अंगको रूपमा रहेको आँखालाई ध्यान नदिई आधुनिक प्रविधिको प्रयोगका कारणले बालबालिकामा दृष्टि दोषको समस्या धेरै हुने गरेको निष्कर्ष समेत उनले सुनाए ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ कैदीको कैद सजाय माफी मिनाहा गरेकी छन् । गणतन्त्र दिवसका अवसरमा सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रम लिएर हामी उपस्थित भएका छौँ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंलाई विश्वकै उत्कृष्ट ...
चितवनको भरतपुर महानगरकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ । शुक्रवार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि गाडी दुर्घटनामा परेको हो । टायर पञ्चर भएका कारण पोलमा ठोक्किएर ग...
दुर्घटनामा घाइते भएकी चितवन भरतपुर महानगरकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको छ । शुक्रवार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि गाडी दुर्घटनामा परेको थियो । टायर पञ्चर भ...
वरिष्ठ अधिवक्ता उपाधिका लागि फौजदारी अभियोग लागेकादेखि मापदण्ड पूरा नभएका अधिवक्ताहरूको समेत नाम सिफारिश भएको खुलेको छ । वरिष्ठ अधिवक्ता सिफारिशका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको नेत...
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले शुक्रवार संसदमा बोलेका शब्द रेकर्डबाट हटाउनु पर्ने नेकपा एमालेको अडानका कारण १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक बस्न ढिलाई भएको छ । १५ मिनेटका लागि भ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...