
चीनले सन् २०२२ मा विभिन्न किसिमका परीक्षण गरेर संसारलाई छक्क पार्न लागेको विशेषज्ञहरूल अनुमान गरेका छन् ।
यूएस नेसनल सिक्योरिटी काउन्सिल कोअर्डिनेटर फर इन्डोपसिफिक कर्ट क्याम्पबेलले गत साता यस्तो चेतावनी दिएका हुन् ।
सेन्टर फर स्ट्राटेजिक यान्ड इन्टरनेसनल स्टडीजमा उनले बताए, ‘विश्वमा आश्चर्य पार्ने कदम कसले उठाउला भनी मलाई सोध्नुभएमा प्रशान्त क्षेत्रमा चीनले त्यस्तो कदम उठाउन सक्छ जस्तो लाग्छ । आफूहरू यस विषयमा गम्भीर रहेको उनले बताए ।
चीनले हिन्द प्रशान्त क्षेत्रमा सम्झौताहरू गरेर नयाँ सहयोगी खोज्न सक्ने र अघि बढ्नका लागि रणनीति बनाउन सक्ने उनले बताए ।
अमेरिकाले चीनको बढ्दो कदमको चाप सुनेर त्यसको व्यवस्थापनका लागि दुई दशकदेखि प्रयास गरिरहेको छ । अमेरिकाका गुप्तचर संस्थाहरूले यसमा नजर राखिरहेका छन् ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले टीपीपीबाट अमेरिकालाई बाहिर निकालेर चीनलाई फाइदा पुर्याएका थिए । त्यसपछि हिन्द प्रशान्त क्षेत्रका मुलुकले चीनलाई आफ्नो सबभन्दा ठूलो व्यापारिक साझेदार माने । अनि चीन एसियामा ठूलो शक्ति बन्दै गयो ।
चीनले प्रशान्त महासागरमा रहेका साना मुलुकहरू सोलोमन टापुसमूह, किरीबाटी र भानुआटीमा समेत प्रभाव जमाउन थालिसकेको छ । त्यहाँ उनले विभिन्न पूर्वाधार निर्माण गरिरहेको छ ।