
प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा लक्ष्मण पौडेल निर्वाचित भएका छन् ।
सोमवार आयोजित सातौं अधिवेशनले पौडेलको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चुनेको हो ।
अधिवेशनबाट उपाध्यक्ष बीपी गौतम, महिला उपाध्यक्षमा भगवती पाण्डे, सचिवमा केशव भण्डारी, सहसचिवद्वयमा दिपक न्यौपाने र रविन्द्र गुप्ता तथा कोषाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यमा टीका खरेल, विकास पराजुली, विष्णु घिमिरे, रमेश पराजुली, पोषकान्त पोखरेल, कृष्ण पाण्डे, अस्मिना पाण्डे, विन्दु भट्टराई, वसन्तराज बराल, डिबी सुस्लिङ, नरेश चौधरी, रामबहादुर गुरुङ, विष्णु खत्री, छायाँ पन्थ आचार्य, सुमित्रा चापागाईं, मनु गुरुङ, शान्ति सुनार र मोहम्मद हविव चयन भएका छन् ।
अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा शेरबहादुर केसी, कुलमणि ज्ञवाली, दिपेश पछाईं, प्रकाश आचार्य, टीका खरेल, बीपी, गौतम, माधव न्यौपाने, अमृता अनमोल, भगवती पाण्डे र निरु गौतम चयन भएका छन् ।