०१ साउन २०८३, शुक्रबार

नगर प्रमुखसहित १६ जनामा कोरोना देखिएपछि सन्धिखर्क नगरपालिकाको सेवा बन्द

नगर प्रमुखसहित १६ जनामा कोरोना देखिएपछि सन्धिखर्क नगरपालिकाको सेवा बन्द

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगर प्रमुखसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि माघ ८ गतेसम्म नगरपालिकाको सेवा बन्द हुने भएको छ ।

नगर प्रमुख कमलप्रसाद भुसालसहित १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू माघ ८ गतेसम्मका लागि बन्द गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

नगर प्रमुख कमलप्रसाद भुसाललाई कोरोना देखिएपछि सन्धिखर्क नगरपालिकाको स्वास्थ्य शाखाले सोमवार ५७ जनामा एन्टिजेन परीक्षण गरेको थियो । १७ जनामा एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख पूर्णप्रसाद पराजुलीले बताए ।

नगरपालिकाद्वारा जारी गरिएको सूचनामा सन्धिखर्क नगर कार्यपालिकाको निर्णयअनुसार माघ ४ गतेदेखि लागू हुने गरी माघ ७ गतेसम्म नियमित कामकाज तथा सेवा बन्द गर्ने निर्णय भएको हो । माघ ८ गते शनिवार परेको छ ।

माघ ९ गते आइतवारदेखि नगरपालिकाको नियमित कामकाज हुनेछ । 

नयाँ भेरियन्ट सहितको जोखिम सन्धिखर्क नगरपालिका भित्रमा पनि देखिन सक्ने भएकाले उच्च सतर्कता अपनाउन नगरपालिकाले नगरवासीमा अनुरोध समेत गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्