२४ जेठ २०८३, आइतबार

काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश

माघ ३, २०७८
काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश

सर्वोच्च अदालतले काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालासले आज उक्त स्थानमा नयाँ मूर्ति राख्ने काम तत्कालका लागि रोक्न अन्तरिम आदेश गरेको हो ।

अधिवक्ता सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनःस्थापना गरेर नित्य पूजा गर्ने कार्य तत्कालका रोक्न आदेशको माग गर्र्दै अदालतमा रिट निवेदन दायर गरेका थिए ।    

नयाँ बनाइएको काष्ठमण्डपको भुइँतलाको करिब मध्यभागमा एउटा रहेको गोरखनाथ र चार कुनामा रहेको गणेशको मूर्ति नयाँ राखिसकिएको भए पनि प्राचीन स्मारक संरक्षण ऐन मिचिएको रिट निवेदनमा थियो । रिट निवेदनमा उक्त कार्यले धार्मिक आस्थामा चोट पु¥याएको, सम्पदा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय कानून मिचिएको, संवैधानिक मौलिक हक हनन भएको उल्लेख थियो ।

salt training

कमेन्ट गर्नुहोस्