×

Dabur
Nic Asia
Marvel

सचेत रहनुस्, यी १२ प्रकारका रोग लागेमा के खाने के नखाने ?

काठमाडाैं | माघ ४, २०७८

TVS INSIDE

मानिसहरु खानपानमा वेवास्ता गर्छन् जसका कारण विभिन्न रोगहरु लाग्ने गरेका छन् । 

morang Auto yamaha

स्वादका लागि मिठो खाना तर्फ आकर्षित हुँदा विभिन्न रोगहरु लाग्ने गरेका छन् । त्यसैले खानपानमा विशेष ध्यान दिएका समयमा विभिन्न रोगहरुबाट बच्न सकिन्छ भने रोग लागिसकेपछि पनि खानपानमा नियन्त्रण कायम गर्न सकियो भने फाइदा पुग्छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

ग्यास्ट्रिक

अहिले धेरै नेपाली ग्यािस्ट्रकबाट पीडित छन् । लामो समयसम्म भोकै बस्दा यसले अझ विकराल रूप लिन्छ । भोकै बसेर लामो समयपछि चिल्लो, पिरो, मसालेदार खाने कुरा खाए पेट दुख्न सक्छ । त्यसैले समय–समयमा पानी पिउनुका साथै फलफूल पनि खाइरहनुपर्छ । ग्यास्ट्रिकका बिरामीले बोसोयुक्त रातो मासु खानु हानिकारक हुन्छ । रातो मासुको साटो कुखुरा तथा माछा खान सकिन्छ । ग्यास्ट्रिक पीडितहरूले तारेका खानेकुरा भन्दा पनि उसिनेका तथा बेकगरिएका खानेकुरा खानु उपयुक्त हुन्छ । 

Vianet communication
Maruti inside

कब्जियत

अन्य खानेकुराको तुलनामा मासु खाँदा कब्जियतको समस्या सिर्जना हुन्छ । यो समस्याबाट जोगिन मासु–भातका साथमा हरियो सागपात, सलाद, खोस्टे मुंगको दाल एवं फलफूल आदि रेसायुक्त खानेकुरा पनि उत्तिकै खानुपर्छ भने पानी प्रशस्त मात्रामा पिउनुपर्छ ।

मधुमेह

अहिले धेरै मानिस मधुमेहका रोगी छन् । मधुमेहका रोगीले गुलियो नहालेको खानेकुरा समय–समयमा खाइरहनु आवश्यक हुन्छ । नियमित रूपमा औषधि सेवन गर्नुपर्छ । खाली पेटमा धेरै पिरो–अमिलो खाँदा सुगरको मात्रा वृद्धि हुन सक्छ । मधुमेहका बिरामीका लागि रातो भन्दा पनि सेतो मासु तथा माछा उपयुक्त मानिन्छ । सीमित क्यालोरीयुक्त खानेकुरा खानुपर्छ । कतिपयले मासुसँगै ड्रिंक्स पनि गर्छन् । अल्कोहल तथा कोल्ड ड्रिंक्समा क्यालोरी शून्य हुन्छ भने त्यसले सुगर बढाउँछ । गेटटुगेदर तथा चाडपर्वमा दुई चार पिस सुगरफ्रि मिठाईं खान सकिन्छ ।

मुटु रोगी

मुटु रोगीले आफ्नो स्वास्थ्यलाई ध्यान नदिई चिल्लो तथा पिरो खानेकुरा बढी खाए उच्च रक्तचाप हुनुका साथै स्ट्रोकसमेत हुनसक्छ । मुटुको नसा साँघुरिएका बिरामीले रातो मासु खानुहुँदैन । धेरै क्यालोरीयुक्त, चिल्ला, पिरा, अमिला खानेकुरा बानुपर्छ । मुटुका रोगीले कुखुरा तथा माछा ग्रिल गरेर खानु उपयुक्त हुन्छ ।

युरिक एसिड

धेरैलाई रातो मासु मीठो लाग्छ । युरिक एसिडका बिरामीले रातो मासु खानुहँुदैन किनभने यसमा रहने प्युरिन कन्टेन्टले युरिक एसिड बढाउँछ । दाल तथा गेडागुडी पनि सीमित मात्रामा खानुपर्छ । उच्च प्रोटिनका कारण युरिक एसिड बढ्छ परिणामस्वरूप गोली गाँठा सुन्निन्छ । युरिक एसिड भएकाहरूले माछा खानुपर्छ भने पानी पनि प्रशस्त मात्रामा पिउनुपर्छ ।

मोटोपन

अहिलेको बदलिँदो जीवनशैलीसँगै धेरैलाई मोटोपन ९ओबेसिटी० को समस्याले सताएको छ । व्यायाम नगर्ने, धेरै गाडी चढ्ने तथा निस्क्रिय जीवनशैलीका कारण पनि यो समस्या सिर्जना भएको पाइन्छ । खाने–बस्ने काम मात्र गर्दा व्यायामको कमी हुन्छ । मोटोपन भएकाहरूले तारेको भन्दा पनि उसिनेको मासु खानु उपयुक्त हुन्छ । मासु मात्र धेरै नखाई सागपात पनि उत्तिकै खानुपर्छ । खाने–बस्ने मात्र नगरी कामका साथै हिँडडुल एवं शारीरिक व्यायामसमेत गर्नुपर्छ ।

दम

दम भएकाहरूले चिल्लो, मसालेदार एवं तारेका खानेकुरा खानुहुँदैन । दमका रोगीले चिसो पेय पदार्थ तथा फ्रिजमा राखिएको खानेकुरा पनि खानुहुँदैन ।

रक्तअल्पता

धेरै महिलालाई रक्तअल्पताले सताउँछ । रक्तअल्पताबाट जोगिन कलेजो खानु उपयुक्त हुन्छ । कलेजोमा प्रशस्त आइरन हुन्छ । यसैगरी फलामको भाँडामा पकाइएको खानेकुरा तथा कालो दाल खाँदा पनि आइरन प्राप्त हुन्छ ।

कोलेस्ट्रोल

कोलेस्ट्रोलका बिरामीले रातो मासु, कलेजो तथा फोक्सो खानु हुँदैन । गेडागुडी, कुखुराको मासु तथा माछा नतारी थोरै तेलमा बेक गरेर खानु वेश हुन्छ । हरिया तरकारी तथा सागपात प्रशस्त मात्रामा खानुपर्छ ।

कलेजो

खानेकुरा पचाउन कलेजोले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले कलेजोलाई असर पार्ने खानेकुरा अल्कोहल, मासु आदि खाँदा यसका दीर्घरोगीले विशेष सावधानी अपनाउनुपर्छ । कलेजोका बिरामीले चाडपर्व, गेटटुगेदर तथा अन्य समयमा पनि बढी प्रोटिनयुक्त खानेकुरा खानुहुँदैन । 

थाइराइड

अहिले धेरै महिलामा थाइराइड देखिने गरेको छ । थाइराइड पुरुषको तुलनामा महिलालाई बढी भएको पाइन्छ । थाइराइड भएकाहरूले माछा–मासु खान सक्छन् । थाइराइड भएकाले काउली तथा बन्दाको तरकारी खानुहुँदैन भनिन्छ । नियमित सेवन गरिरहेको औषधि खानुभन्दा दुई घन्टाअघि वा पछि काउली, बन्दा तथा बदाम खान सकिन्छ ।

हाइपरथाइरोइडिज्ममा डायरिया हुने भएकाले रेसायुक्त खानेकुरा नखानु नै वेश हुन्छ । यस्ता बिरामीका लागि हाइ क्यालोरी डाइट उपयुक्त हुन्छ । यसैगरी हाइपोथाइरोइडिज्ममा मेटाबोलिज्म स्लो हुन्छ फलस्वरूप तौल बढ्छ । त्यसैले गुलिया खानेकुरा कम खानुका साथै प्रशस्त व्यायाम गर्नुपर्छ । कम क्यालोरीयुक्त खानेकुरा तथा सलाद बढी मात्रामा खानुपर्छ ।

मिर्गौला

मिर्गौलाका बिरामीले रातो मासु, प्रोटिन तथा पोटासियमयुक्त खाना कम मात्रामा खानुपर्छ । पोटासियम बढे मुटुमा असजिलो हुन्छ भने सास फेर्न गाह्रो हुन्छ । यस्ता बिरामीले गेडागुडी तथा कुरिलो पनि खानुहुँदैन ।

Mega
TATA Below
NLIC
असार २३, २०७९

दाङका आठ पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीका अनुसार तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित दङ्गीशरण, राप्ती, राजपुर, गढवा, बङ्गलाचुली र शान्...

असार २३, २०७९

जामुन स्वास्थ्यका लागि निकै फाइदाजनक फल हो। यसमा धेरै प्रकारका पोषक तत्वहरू पाइन्छ। विशेष गरेर यसमा एस्ट्रन्जेन्ट र एन्टी ड्युरिकजस्ता शरीरका लागि फाइदाजनक गुण पाइन्छ। यसका साथै जामुनको सेवनले रगतमा चिनीको मात्रा...

असार २२, २०७९

कालिकोटको तिलागुफा नगरपालिका ९, १० र ११ मा जिल्ला स्वास्थ्य सेवा कार्यालयले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  स्वास्थ्य शिविरबाट चार सय ७३ जनाले सेवा लिएका छन् ।  जिल्ला स्वास्थ्य स...

असार २३, २०७९

नेपालले राष्ट्रसङ्घीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखा परेको सङ्कटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ । अमेरिकाको न्यूयो...

असार १९, २०७९

बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको आज करिब २३  लाख मात्रा नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन ...

असार २३, २०७९

औषधि व्यवस्था विभागले बच्चामा प्रयोग गरिने ‘बायोडी ड्रप्स’ नामक औषधिको विक्री वितरणमा रोक लगाएको छ ।   विभागका महानिर्देशक भरत भट्टराईले आज सूचना जारी गर्दै ‘बायोडी ड्रप्स’ औषधि...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x