०३ साउन २०८३, आइतबार

लुम्बिनी प्रदेश सरकारले माग्यो कोरोना रोकथामका लागि संघीय सरकारसँग १० करोड बजेट

लुम्बिनी प्रदेश सरकारले माग्यो कोरोना रोकथामका लागि संघीय सरकारसँग १० करोड बजेट

लुम्बिनी प्रदेश सरकारले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथामको लागि संघीय सरकारसँग १० करोड रुपैयाँ बजेट माग गरेको छ ।

मुख्यमन्त्री कूल प्रसाद केसीले कोभिड खर्च व्यवस्थापनका लागि संघीय सरकारसँग १० करोड रुपैयाँ माग गरे । 

उक्त बजेटबाट रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर र बाँकेको नेपालगञ्जमा होल्डिङ सेन्टर स्थापना गरी अगाडि बढाउने प्रदेश सरकारको योजना छ । केसीले कोरोना नियन्त्रणका लागि आवश्यक समन्वय गरी अगाडि बढेको बताए । सीमा नाकाबाट बेपरवाह मानिसहरु भित्रिँदा अहिले लुम्बिनीमा संक्रमण तीब्र रुपमा फैलिएको  छ । 

मुख्यमन्त्री केसीले जनताको स्वास्थ्य पहिलो प्राथमिकता रहेकोले गर्दा सबै सरोकारवालाले प्रदेशवासी जनताहरुको जीवन सुरक्षा बनाएर नै अगाडि बढाउनको लागि अनुरोध गरे । 

कोरोनाको कारणले तराईको जिल्लाहरु बढी प्रभावित रहेको र विपतका हिसावले बुटवल, दाङ, गुल्मी, प्यूठान रोल्पा पूर्वी रुकुम लगायत पहाडी जिल्लाहरु  रहेकोले कोरोनासँगै अब गर्मी याममा हुने आगलागी र वर्षा याममा हुने बाढी पहिरो नियन्त्रणका लागि पनि ध्यान दिनुपर्ने योजना बनाउनुपर्ने केसीको भनाइ छ । 

उनले विपतका लागि प्रदेश अझ धेरै प्रभावित हुन सक्ने बताउँदै बुटवलको ज्योती नगरको पहिरोलाई संघीय सरकारको सहकार्यमा पीडितलाई न्याय प्रदान गर्नका लागि आवश्यक रहेको बताए । 

उनले लुम्बिनी प्रदेश भारतसँग खुल्ला नाका रहेकोले गर्दा भारतबाट आउने नागरिकहरुलाई परिक्षण गर्दा काभिड देखिने र ती नागरिकहरुलाई घरसम्म पठाउनको लागि यातायातका साधनहरु निकै समस्या भएको बताए । त्यसका लागि संघीय सरकार र प्रदेश सरकारको सहकार्यमा उद्दार गर्न सकिने बताए । उनले संघीय सरकार, प्रदेश सरकार नीति निर्माण गर्ने र कार्यान्वयनका लागि स्थानीय तहलाई नै पहिलो प्राथमिकता दिनका लागि अनुरोध गरे । 

      

salt training

कमेन्ट गर्नुहोस्