२६ जेठ २०८३, मंगलबार

आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव, केही स्थानमा वर्षा

आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव, केही स्थानमा वर्षा

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार बिहान प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ । यस्तै तराईका धेरै स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको छ ।

यसैगरी दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ । यस्तै  पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

यसैगरी राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ भने पहाडी भूभागका एक  दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्