२४ जेठ २०८३, आइतबार

यमनका हूतीहरू पुनः सक्रिय, यूएईमा आक्रमण

माघ ४, २०७८
यमनका हूतीहरू पुनः सक्रिय, यूएईमा आक्रमण

संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबु धाबीको अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार यमनका हूती विद्रोहीहरूले आक्रमण गर्दा आगो लागेको छ र तीनवटा इन्धभन ट्यांकरहरू विस्फोट भएका छन् । 

घटनामा तीनजनाको मृत्यु भएको छ र ६ जना घाइते भएका छन् । ड्रोन आक्रमणमार्फत क्षति पुर्‍याइएको अबु धाबी प्रहरीको भनाइ छ । 

हूती विद्रोहीहरूले घटनाको जिम्मेवारी लिएका छन् । 

हूतीहरूले यमनको ठूलो भागमा नियन्त्रण कायम गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त सरकारको बहालीका लागि साउदी अरबको नेतृत्वमा सैन्य गठबन्धनले हूतीविरुद्ध लडाइँ जारी राखेको छ । 

यूएई पनि उक्त सैन्य गठबन्धनमा संलग्न छ । उसले यमनमा हूती विद्रोहीहरूका विरुद्ध हवाई आक्रमण चर्काएको छ । हूती विद्रोहीहरूले यसविरुद्ध जवाफी कारवाही गर्ने बताएका थिए । सोमवारको आक्रमण त्यसै सिलसिलामा गरिएको बताइन्छ । 

इरानले हूती विद्रोहीहरूलाई समर्थन गर्ने गरेको छ । इरुान शियाबहुल देश हो र हूतीहरू पनि शिया नै हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्