![ललितपुरका सबै स्थानीय तहबाट कोरोनाको बुस्टर डोज खोप [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/khop_bhid_ek1S8Uwjwb.jpg)
कोरोनाभाइरस (कोभिड १९)विरुद्धको बुस्टर डोज खोप ललितपुर जिल्लाका सबै स्थानीय तहबाट लगाइँदैछ ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले मंगलवार सूचना जारी गर्दै अग्रपंक्तिमा खटिनेहरू दीर्घ रोगीलाई माघ ४ देखि ६ गतेसम्म बुस्टर डोज खोप लगाइने जनाएको हो ।
स्वास्थ्यकर्मी, सुरक्षाककर्मी, सफाइकर्मी, एम्बुलेन्स/शवबाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, विमानस्थलमा कार्यरत कर्मचारी, पत्रकार, सार्वजनिक क्षेत्र आदिलाई कोरोनाको बुस्टर डोज खोप लगाइने सूचनामा उल्लेख छ ।
ललितपुरभित्र सर्वाङ्ग अस्पताल कुपण्डोल, स्टार अस्पताल सानेपा, सुमेरु सीटी अस्पताल पुल्चोक, अल्का अस्पताल खरीबोट जावलाखेल, निदान अस्पताल पुल्चोक, बीएन्डबी अस्पताल ग्वार्को, मेडीसीटी अस्पताल नख्खु र सुमेरु अस्पताल धापाखेलमा खोप लगाइँदैछ ।
यसैगरी पाटन अस्पताल, नमूना मच्छिन्द्र मावि लगनखेलमा पनि खोप कार्यक्रम जारी छ ।
यसैगरी गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, बाग्मती गाउँपालिका, महांकाल गाउँपालिका र कोञ्ज्योसोम गाउँपालिकामा पनि विभिन्न स्थानमा खोप कार्यक्रम जारी छ ।
खोप कार्यक्रम बिहान १० देखि ४ बजेसम्म जारी रहने बताइएको छ ।

