कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
जाडो बढ्दो छ, तराईमा शीतलहर उस्तै छ । साथमा धन, पैसा हुनेले आफैँ न्यानो कपडा, खाना, छाना जोड्लान् । आफ्नो बुताले जाडो थेग्न नसक्ने परिवारलाई हिउँदको जाडो सधैँ कहालीलाग्दो हुन्छ ।
वर्षे विपत्ले बल्लबल्ल धानिएको ढुङ्गा, खर र टिनको छानामा चिसो शीत र हिउँले जब हिर्काउन थाल्छ । मुटुमै जाडो गढ्छ । यस्तोमा कसलाई भन्ने ?
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले भने, “जाडो भयो भने सरकारलाई भन्नूस्, जससँग केही हुँदैन उसका लागि सरकार छ ।” जाडो भएर कठ्याङ्ग्रिएर कोही छरछिमेकमा बसेको देखेमा समुदायले उसका लागि पहल गरिदिन उनले आग्रह गरे ।
उनका अनुसार देशका ७५३ स्थानीय सरकारले जाडो होस् अन्य विपत् जनताको जिउधन जोगाउने जिम्मा लिएको छ । सरकारले भूकम्प, बाढी, पहिरो, आगलागी, असिनापानी, हुरीबतास, चट्याङ, शीतलहर, हिमपातलगायतका विपत्का कारणबाट भएका पीडितलाई राहत सहयोग दिँदै आएको छ ।
सम्भावित शीतलहर तथा हिमपात जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्गदर्शन २०७७ अनुसार यस्ता राहतको व्यवस्थापन गरिएको छ । प्रवक्ता भट्टराईका अनुसार जाडोका समयमा जसको घरमा ओढ्ने ओछ्याउने छैन, आङ ढाक्ने न्यानो कपडा छैन त्यसको विवरण स्थानीय तहका जनप्रतिनिधियुक्त सरकारले सङ्कलन गर्छ । तसर्थ पहिले आफ्नै नजिकको सरकारलाई भन्नुपर्छ । किनभने जनताको सबैभन्दा नजिकको सरकार नै स्थानीय सरकार हो । कुनै कारणवश भन्न नसकेको खण्डमा हरेक जिल्ला प्रशासन कार्यालयमा विपत् व्यवस्थापन समिति हुन्छ । उसले पनि विभिन्न स्रोतबाट राहतको व्यवस्थापन गरिरहेको हुन्छ । समितिमा निवेदन परेको खण्डमा समन्वय गरेर जाडो न्यानो बनाउन सकिन्छ ।
प्रदेश सरकारले पनि आफ्नो क्षेत्रमा हुने हिउँदजन्य विपत्का लागि छुट्टै बजेट राखेको हुन्छ । समुदायले सामूूहिक आवाज उठाएको खण्डमा प्रदेश सरकारले आफैँ निर्णय गरेर स्थानीयको जाडोलाई न्यानोमा बदल्न सक्छ । प्रदेश सरकारले हेर्न नसकेको खण्डमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरणमा निवेदन दिएर न्यानो राहतका लागि पहल गर्न सकिन्छ ।
मार्गदर्शनका अनुसार शीतलहर तथा हिमपातका कारण नेपालको जनसङ्ख्या बर्सेनि प्रभावित हुने गरेको छ । विगत १० वर्षको तथ्याङ्कअनुसार ११६ जनाले शीतलहर र १२ जनाले हिमआँधीका कारण ज्यान गुमाएका छन् । २०७१ साल असोज २८ गते मनाङ–मुस्ताङलगायतको हिमाली क्षेत्रमा हिमआँधी आउँदा ४३ जनाको मृत्यु भएको थियो । त्यस घटनामा ५० बेपत्ता थिए । चार सय जनाको उद्धार भएको थियो ।
तराईमा जाडोका कारण अनाहकमा ज्यान गुमाउनेको सङ्ख्या धेरै छ तर त्यसको ठोस तथ्य प्राधिकरणसँग पनि छैन । अहिलेको समयमा कोभिड–१९ महामारी पनि हिउँदे विपत्सँग थपिएकाले बढी जनको क्षति हुने गरेको छ । चिसोजन्य रोगका कारण पनि धेरैले मृत्युवरण गर्नुपरेको छ ।
जोखिम समूहलाई राहत
गृह मन्त्रालयको कार्ययोजनाअनुसार पनि जोखिममा रहेका समूहलाई राहत रकम प्रदान गरिन्छ । जसअनुसार हिमाली भेगका २१ जिल्लालाई प्रतिजिल्ला चार लाखका दरले ८० लाख बराबरको राहत रकम यसपाला सङ्घीय सरकारले पठाइसकेको छ । त्यस्तै, शीतलहरले बढी प्रभावित हुने तराईका ११ जिल्लाका लागि १२ लाख र अलिक कम प्रभावित हुने थप ११ जिल्लाका लागि आठ लाख राहत रकम पठाइएको छ ।
मार्गदर्शनले शीतलहर, हिमपात, हिमआँधीका कारण हुनसक्ने विपत्का घटनाको जोखिम न्यूनीकरण गरी जनधनको क्षति कम गर्न पूर्वतयारी र प्रतिकार्यको प्राथमिकता दिएको छ ।
सबै निकायको भूमिकासँगै उसले गर्नुपर्ने काम कर्तव्य पनि मार्गदर्शनले तय गरेको छ ।जसअनुसार जाडो यामका लागि दाउरा, न्यानो कम्बल, लत्ता कपडा आदि जिन्सी राहतको व्यवस्था हरेक वर्ष तराईका लागि गरिँदै आएको जनाइएको छ । हुने खाने र पढेलेखेका समुदायले हुँदा खाने र नहुनेका लागि गरिदिने समय यस्तै प्राकृतिक विपत्का बेला भएकाले सघाउन पनि प्राधिकरणले अपिल गरेको छ । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...