बझाङ, १५ असार— एमालेले बझाङबाट खाता खोलेको छ । मष्टा गाउँपालिकामा एमालेले अध्यक्ष जितेको हो ।
एमालेका कर्णबहादुर कठायत २१४२ र उपाध्यक्षमा एमालेकै भगवतीकुमारी बोहरा २१८० मत ल्याएर विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानबहादुर बोहराले १९१७ र उपाध्यक्षमा कांग्रेसकै देवीकुमारी सेटीले १९३० मत प्राप्त गरेका छन् ।