×

NMB BANK
NIC ASIA

लक्षणका आधारमा मौसमी फ्लू र ओमिक्रोन भनेर कसरी छुट्याउने ? डा. रक्षा गौतमको जवाफ-

माघ ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मौसम परिवर्तनको समय शुरू भएसँगै धेरै मानिसहरूमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यससँगै कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

आममानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी हो कि कोभिड संक्रमण भनेर छुट्याउन सकिरहेका छैनन् । यसले अस्पतालमा दैनिक रुपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना संक्रमण भएको त्रासका कारण सामान्य रुघा लाग्दा पनि अस्पताल जानेको संख्या बढेको छ । 


Advertisment
Nabil box
Kumari

अल्का अस्पतालका डा. रक्षा गौतमले मौसम परिवर्तनले हुने रुघाखोकी र कोभिड संक्रमणमा ज्वरो आए नआएको हेर्नु पर्ने बताइन् । यदि ज्वरो आएको छ भने सतर्क भएर बस्ने र तुरुन्त चिकित्सकको सम्पर्कमा जाने, थप लक्षण देखिन थालेमा पीसीआर गराउन सल्लाह दिइन् । 

Vianet communication
Laxmi Bank

अहिले ओमिक्रोनको संक्रमणलाई लिएर आममानिसमा लापरवाही बढेको उनी बताउँछिन् । ओमिक्रोनको संक्रमण ४–५ दिन रहन्छ भनेर लापरबाही गर्न नहुने उनको भनाइ छ । अमिक्रोनसँगको सानो लापरवाहीले ज्यान नै जान पनि सक्ने उनी बताउँछिन् । 

प्रस्तुत छ डा. गौतमसँग न्यूज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश ।

अहिले अस्पतालहरूमा मौसमी रुघाखोकीको बिरामीको चाप कस्तो छ ? 

मौसम परिवर्तनले हुने रुघाखोकीका लक्षण भएका बिरामीहरूको चाप धेरै बढेको छ । गत दुई हप्तादेखि हाम्रो ओपीडीमा बिरामीको चाप तीन/चार गुणाले बढेको छ । एकजना फिजिसियनलाई नै धौ–धौ हुने गरी बिरामी आइरहनु भएको छ । मौसमी परिवर्तनले हुने रुघाखोकी मात्रै नभएर अहिलेको यो कोभिड–१९ को बिरामीहरूको चाप पनि त्यसमै मिसिएर हामीले हेरिरहेका छौँ दिनदिनै बढेको देखिराछौँ ।

मौसमी फ्लु र अर्को कोभिड–१९ डेल्टा भेरियन्ट, अनि ओमिक्रोन भाइरस संक्रमण कसरी छुट्याउने, कसरी उपचार गर्ने ? सबैको उस्तैउस्तै खालको लक्षणहरू देखिन्छन् । लक्षणका आधारमा आमसर्वसाधारणले कसरी छुट्याउने र कस्तो अवस्था भयो भने पीसीआरका लागि जाने ?

मौसमी परिवर्तनले हुने संक्रमण कमन कोल्ड (चिसोले हुने रुघाखोकी) हो, कमन कोल्डको आधारभूत लक्षण छुट्याउने एकदम सजिलो तरिका भनेको ज्वरो हो । यो धेरै हुँदैन मौसमी परिवर्तनले हुने लक्षणहरूमा ज्वरो आउँदैन बिरामीहरूलाई । सामान्य जिउ दुख्ने, रुघाखोकी, रुघाखोकी एक–दुई दिनमा आफैं ठिक भएर जाने, घरको एउटा सदस्यलाई भएको हुन्छ, प्रायः सबै सदस्यहरुलाई त्यस्तै लक्षण ट्रान्सफर भइराखेको हुन्छ । फ्लु भनेको चाँहि जुन ओमिक्रोन, डेल्टा, कोभिड अथवा इन्फ्लुएन्जा हो । सबै फ्लुको फेमिलीमा पर्दछन् । हामीले इन्फ्लुयन्जा सुनिरहेको फ्लु हो । सिजनल फ्लु हरेक वर्ष हुन्थ्यो । सय वर्ष अघिदेखिको फ्लु हो यो । इन्फ्लुयन्जा र कोभिड फ्लुमा चाँहि हामीले प्रायः ज्वरो पनि देख्छौँ । ज्वरो आयो भने पक्कै पनि मलाई फ्लु भयो भनेर बुझ्नु पर्‍यो । 

फ्लुमा पनि इन्फ्लुयन्जा हो कि, कोभिड–१९ हो कि । कोभिड–१९ को डेल्टा हो कि, ओमिक्रोन हो कि त्यो छुट्याउन लक्षणकै आधारमा चाँहि अलिकति गाह्रो छ । तर हामीले बिरामीको प्याटर्न हेर्दा फ्लु, इन्फ्लुयन्जा भएकाहरूलाई ज्वरो, रुघाखोकी, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, जिउ दुख्ने, झाडापखाला लाग्ने, प्रायः बास्ना र स्वाद जाने त्यस्तो लक्षण कोभिडमा मात्रै देखिरहेको छ । बास्ना र स्वाद पनि गएको हामीले यसपालि पाएका छौँ । र, अहिले ओमिक्रोनको कुरा त्यही लक्षणहरूमा प्लस, माइनस, तथा घाँटी दुख्ने लक्षणहरू अलि बढी हामीले ओपीडीमा पाइरहेका छौँ । घाँटी एकदमै दुख्यो भनेर आउनुहुन्छ । टन्सिल नै भयो भनेर आउनुहुन्छ, तर हामीले हेर्दा यो पिक सिजन भइराखेको छ कोभिडको, पीसीआर गर्दा पोजिटिभ आइराखेको छ । तर, अब घाँटी दुख्दैमा, ज्वरो आउँदैमा, रुघाखोकी लाग्दैमा यही ओमिक्रोन हो, यही डेल्टा हो, बास्ना र स्वाद छैन यो डेल्टा हो । बास्ना र स्वाद छ यो इन्फ्लुयन्जा हो भनेर हामीले क्लिनिकली छुट्याउन सकिँदैन । पीसीआर गर्नैपर्छ ।

मौसमी फ्लुलाई कसरी उपचार, हेरचाह, कस्तो खालको व्यवस्थापन गर्ने ? कस्तो अवस्थामा अस्पताल जाने ? घरमै बसेर उपचार गर्न सकिन्छ कि ?

मौसमी परिवर्तनले हुने कमन कोल्ड, जुनमा ज्वरो हुँदैन, त्यो सामान्य घरमा पाइने पारासिटामोल जस्ता औषधिहरू प्रयोग गरेर, मनतातो पानी खाने, पानीको मात्रा शरीरमा बढाउने, आराम गर्ने, धपेडी नगर्ने, चिसोमा नहिँड्ने गरे मौसमी कमन कोल्डलाई त्यतिले नै पुग्छ, खासै डाक्टरकोमा गइहाल्नु पर्दैन । 

जब ज्वरो आउन थाल्छ नि ज्वरो आएपछि यो फ्लुमा जान्छ । फ्लु भनेको भाइरसले गर्दा हुने हो । फ्लुमा ज्वरो पनि आउँछ । दुई,तीन दिन ज्वरो आउँछ । प्रायः हामीले प्याटर्न हेर्दा बिरामीलाई तीन दिनसम्म ज्वरो आएको छ । त्यसपछि ज्वरो आफैँ बिसेक हुँदै गएको अनि हल्का रुघाखोकीको समस्या, अलिकति जिउ दुख्ने हुन्छ । सामान्य पारासिटामोल आफैँले खाइराख्नुभएको छ बिरामीहरूले । 

अहिले जनचेतना धेरै जाग्या छ । कतिपयलाई तीन दिनभन्दा बढी ज्वरो आइराछ । ज्वरो १०२, १०३ भन्दा घटेको छैन, सिटामोलको प्रयोग गर्दा पनि ज्वरो घटेको छैन । जिउ दुखिराखेको छ । छाति भारी भइराखेको छ । खोकी बढिराखेको छ । पल्स अक्सिमिटरमा अक्सिजन चेक गर्नुहुन्छ, अक्सिजनको मात्रा ९४ भन्दा झर्न थालेको छ । बिरामीले खाना पटक्कै खानु भएको छैन । एकदमै कमजोर हुनु भएको छ भने उहाँलाई तुरुन्तै ओपीडी ल्याएर डाक्टरसँग परामर्श लिन म आग्रह गर्छु ।

यस प्रकारको संक्रमणमा सामान्यतया सर्वसाधारणबाट हुने लापरबाही कस्तो हो ? त्यसलाई कसरी व्यवस्थापन गर्ने ?

दुईथरी बिरामीहरू हुनुहुन्छ । एकथरी रुघा लाग्ने बित्तिकै आउनुहुन्छ जँचाउँन । त्यसमा हामीले खासै गर्नुपर्ने केही हुँदैन । काउन्सिलिङ गर्दिन्छौँ । रेस्ट गर्नु भन्छौँ । रेष्टले नै निको हुन्छ आधिभन्दा बढी यो । फ्लु होस् अथवा मौसम परिवर्तनले हुने कमन कोल्ड, इन्फ्लुएन्जा होस् वा कोभिड । रेस्ट मात्रै गरे पनि निको भइराखेको छ कत्तिलाई । कति चाहिँ कस्तो हुन्छ भने धेरै गाह्रो भइसक्दा पनि आउनु भएको छैन उहाँहरू अस्पताल । श्वासप्रश्वासमा समस्या भयो, बिरामीले खाना पटक्कै खानु भएको छैन, दीर्घ रोगी, घरमा अक्सिजन नाप्दा अक्सिजनको मात्रा तलमाथि भएको छ भने अक्सिजनको सिलिण्डर छ घरमा भनेर नबस्नुस् । एकचोटी आउनुस् । डाक्टरले हेर्नुहुन्छ, छातिको एक्सरे गर्नुहुन्छ । निमोनिया भइसक्या छ कि छैन हामीले छुट्याउनुपर्ने हुन्छ । निमोनिया भएको बिरामीहरुलाई अस्पतालमै भर्ना गरेर उपचार गर्न म आग्रह गर्छु ।

संक्रमणको यस्तो बेला अस्पतालहरूमा कस्तो किसिमको स्वास्थ्य उपचारको व्यवस्था छ ?

कोभिड आएदेखि हामीले पोजिटिभ बिरामीहरूलाई राख्ने एउटा अलग व्यवस्था गरेका छौँ । नेगेटिभ बिरामीलाई राख्ने अलग व्यवस्था छ । लक्षणहरू सबै मिल्छ कोभिडसँग तर आरटी पीसीआर गर्दा नेगेटिभ आयो भने उहाँहरूलाई अलग राख्ने व्यवस्था छ । सबै पोजिटिभ बिरामीहरूलाई भर्ना गर्ने हामीले गरेका छैनौँ । 

यदि माइल्ड छ सामान्य लक्षण छ भने काउन्सिलिङ गरेर, घरमा नै उपचार गरेर, डाक्टरले औषधिहरू दिएर घर पठाइराखेका छौँ । अक्सिजन पर्याप्त मात्रामा शरीरमा पुगेको छैन भन्नेजस्तो हामीलाई शंका लाग्ने बित्तिकै बिरामीलाई भर्ना गरेर दुई, चार दिन उहाँहरूलाई क्रिटिकल केयर तथा छाती विशेषज्ञ र फिजिसियन हामी तीन जनाको टिम मिलेर क्लोज अब्जरभेसनमा राखेर उपचार गरिराखेका छौँ । निको भएर गइराख्नु भएको छ । पहिला–पहिलाको जस्तो महामारी जुन थियो त्यस्तो अवस्था आएको छैन । त्यही भएर कन्ट्रोल नै गर्न नसकिने, इर्मजेन्सीमा बेड नै नभएको, अक्सिजन नै नपुगेको यसपालि हामीले आजको दिनसम्म भेटेनौँ । त्यतिबेलाको जस्तो बेग आउँछ भनेर हामीले जुन तयारी गर्‍यौँ मानसिक रुपमा, अस्पतालको व्यवस्थापनमा जुन हिसाबले तयारी भएर बस्यौँ त्यो कारणले गर्दा यसपालि व्यवस्थापनमा त्यत्ति असहजता छैन ।

विशेषज्ञको रुपमा सर्वसाधारणलाई स्वास्थ्यको सुरक्षाका लागि के–कस्तो सुझाव दिनुहुन्छ ?

शुरूमा डेल्टा होस् या ओमिक्रोन या कुनै पनि भेरियन्ट होस् हामीले पीसीआर गरेर छुट्याउन सक्दैनौँ । यो जनमानसमा गलत धारणा छ कि डाक्टरकहाँ गएपछि उहाँले ओमिक्रोन हो कि होइन छुट्याइदिन सक्नुहुन्छ भन्ने छ । हामीले बिरामीको लक्षण हेरेर तपाईंहरूलाई भन्न सक्दैनौँ । अर्को एउटा के धारणा गलत छ भने त्यो सिटी भ्यालु देखाउन आउनुहुन्छ । पीसीआरको रिपोर्टमा जुन सिटी भ्यालु लेखेको हुन्छ, मेरो त मेरो कम छ उहाँको बढी छ मलाई अलि गाह्रो हुने हो कि, हामीलाई त्यसको आधारमा बिरामीलाई गाह्रो हुन्छ, बिरामीलाई आईसीयूमा भर्ना गरिन्छ कि बिरामीलाई माइल्ड हुन्छ भनेर छुट्याउन सक्ने त्यो क्यापेबिलिटी छैन । त्यसमा कन्फ्युजनमा नपर्नुस् । पीसीआर गरेर ओमिक्रोन हो कि होइन भनेर थाहा पाउन सकिँदैन । ओमिक्रोनका लागि छुट्टै जिन सिक्वेन्सिङ भनेर हाम्रो प्रयोगशालाबाट बाहिर पठाउनुपर्ने हुन्छ त्यो सबै स्याम्पललाई हामी गर्दैनौँ । अनि थाहा भएर पनि कोभिडको उपचारमा केही परिवर्तन आएको छैन नि त । त्यो ओमिक्रोन होस् या डेल्टा होस् उपचार त्यही हो । रोगीहरूको प्याटर्न त्यही हो । कतिबेला निको हुन्छ, कतिबेलादेखि सर्दैन भनेर हामी काउन्सिलिङ गर्दिन्छौँ आउनुहोला ओपीडीमा । 

अनि अर्को कुरा, हात धुने, स्यानिटाइजर लगाउने, भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, अनावश्यक कामको लागि बाहिर नहिँड्ने, यो कुरा हामीले भनिरहेका छौँ बारम्बार मानिसहरुलाई बानी बसोस् भनेर । ९० प्रतिशत बिरामीहरूको अहिले माइल्ड छ । पहिला–पहिलाको वेभजस्तो आईसीयू, बेडको अभाव, अक्सिजनको अभाव छैन । त्यसो भन्दैमा बेपर्वाह हुनु भएन । 

ओमिक्रोन हो केही हुँदैन भन्ने पनि आएको छ अहिले धारणा । ओमिक्रोन पनि जटिल रुपमा निमोनिया भएर बिरामीहरू नराम्रो अवस्थामा गएको पनि हामीले देख्या छौँ । त्यही भएर पहिलाजस्तै सतर्क भएर हात धुने, स्यानिटाइजर लगाउने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र अनावश्यक कामका लागि बाहिर भीडभाड नगर्ने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x