
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा परिवारका सदस्यसहित कोरोना संक्रमित भएका छन् ।
महामन्त्री शर्माले बुधवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै संक्रमण भएको पुष्टि गरेका छन् ।
शर्माको परिवार ८ महिनाअघि समेत कोरोना संक्रमित भएको थियो ।
शर्माले ट्विटरमा लेखेका छन्, ‘८ महिनापछि फेरि सपरिवार संक्रमित ! सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु । लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीआर, आज सबैको रिपोर्ट – पोजेटिभ । चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन । एक सातामा फर्किन्छु काममा । सम्पर्क असुविधामा क्षमा चाहन्छु !’