
जिल्ला प्रशासन कार्यालय ललितपुरले शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यकबाहेक अन्य सबै सेवा बन्द गरेको छ ।
कार्यालयका कर्मचारीहरू कोरोना संक्रमित भएको र होमआइसोलेसनमा भएकाले बुधवारदेखि लागू हुने गरेर सेवाहरू स्थगित गरिएको हो ।
प्रशासन कार्यालयका अनुसार नागरिकता, नागरिकता प्रतिलिपि, संघ/संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।
शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा नियमित रहने पनि प्रशासन कार्यालयले जनाएको छ ।
