०१ साउन २०८३, शुक्रबार

यी ६ लक्षण देखिए भने बुझ्नुस् इम्युनिटी भएछ कमजोर, कोरोनाबाट बच्नुस्

माघ ५, २०७८
यी ६ लक्षण देखिए भने बुझ्नुस् इम्युनिटी भएछ कमजोर, कोरोनाबाट बच्नुस्

कोभिड महामारी चलिरहँदा इम्युनिटीमा एकदमै ध्यामन दिनुपर्ने भएको छ । तर कतिपय मानिसलाई इम्युनिटी सिस्टम कमजोर भएको थाहै हुन्न । यहाँ हामी इम्युनिटी कमजोर भएको लक्षणहरू बताउनछौं । 

रुघाखोकी

वयस्क मानिसलाई वर्षको दुईपटक रुघाखोकी लाग्नु स्वाभाविक हो । तर तपाईंलाई लगातार रुघाखोकी र ज्वरो आइरहन्छ भने तपाईंको इम्युनिटी कमजोर भएछ र बलियो बनाउनुपर्छ भनी बुझ्नुपर्छ । 

थकाइ

तपाईंलाई जतिखेर पनि थकाइ र आलस्य लागिरहन्छ भने प्रतिरक्षा प्रणाली कमजोर भएको लक्षण हो । 

घाउ निको हुन समय

तपाईंको छालामा घाउ लाग्यो वा डढ्यो भने छाला आफैंले ड्यामेज कन्ट्रोल गरिहाल्छ । तर घाउ निको हुन एकदमै लामो समय लाग्यो भने कमजोर इम्युनिटीको लक्षण हो । 

एलर्जीको समस्या

इम्युन सिस्टम कमजोर हुने मानिसले अलिकति पनि एलर्जी सहन सक्दैनन् र छिटै मौसमी रोगको शिकार हुन्छन् । 

तनाव

अमेरिकन साइकोलोजिकल एसोसिएसनको प्रतिवेदनअनुसार, लामो समयसम्मको तनावले प्रतिरक्षा प्रणालीको प्रतिक्रियालाई कमजोर बनाउँछ । तनावले शरीरको लिम्फोसाइट्सलाई कम गर्छ र संक्रमण सँग लड्नका लागि तिनीहरू नै आवश्यक हुन्छन् । लिम्फोसाइटको स्तर जति कम हुन्छ, भाइरसको जोखम शरीरलाई त्यति नै बढी हुन्छ । 

पाचन प्रणालीमा गडबडी
पाचन प्रणालीमा गडबडी जस्तो कब्जियत भइरहने, पेट दुखिरहने, छेरपटी लागिरहने जस्ता समस्या देखिए भने प्रतिरक्षा प्रणाली कमजोर भएछ भनी बुझ्नुपर्छ । 
 

इम्युनिटी बढाउनका लागि :

सन्तुलित आहार

पर्याप्त निद्रा

नियमित व्यायाम 

खोपहरू

तौल नियन्त्रण

रक्सी चुरोट परित्याग

तनावबाट टाढा
 

salt training

कमेन्ट गर्नुहोस्