२३ जेठ २०८३, शनिबार

काठमाडौंमा मास्क नलगाई हिँड्डुल गर्नेलाई एक सय रूपैयाँ जरिवाना

काठमाडौंमा मास्क नलगाई हिँड्डुल गर्नेलाई एक सय रूपैयाँ जरिवाना

मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरूलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ । 

बुधवार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाई आएका आमनागरिकहरूलाई जनही एक सय रूपैयाँका दरले कारवाही गरेको हो । 

त्यस्तै प्रशासनले काठमाडौंको सुन्धारास्थित सीटीसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । अनुगमनपछि सञ्चारकर्मीहरूसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँड्डुल गर्ने आम सर्वसाधारणहरूलाई पनि सरकारले जारी गरेको कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्डको बारेमा सचेत गराइएको बताए । 

मल र सुपरमार्केटलाई सरकारले जारी गरेको निर्देशिकाअनुसार २५ जना बढी भेला हुन नपाइने विषयमा सचेत गराइएको र स्वास्थ्यका मापदण्ड पालना नगर्ने आमसर्वसाधारणहरूलाई १०० रूपैयाँको दरले कारवाही गरिएको बताए ।

‘सबैभन्दा ठूलो र महत्त्वपूर्ण अनुगमनकर्ता भनेको नै नागरिक हो । सबै सचेत हुनुपर्छ, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ,’ उनले भने, ‘सबै व्यवसायी, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संघसंस्था र सबै सर्वसाधारण नागरिकहरूले सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी निर्देशिका पालना गर्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्