
मधेश प्रदेशले चौथो साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीमा बुधवार जीत हात पारेको छ ।
समूह ‘ए’को लीग खेलमा मधेशले १ नम्बर प्रदेशलाई २–० गोलले पराजित गर्यो । मधेशका लागि आकृति राई र गीताकुमारी मिरिङचिङले १–१ गोल गरे । गीता ‘वुमन अफ द म्याच’ घोषित भइन् ।
बुधवार २ खेल भएकोमा १ खेल बराबरीमा टुंगियो । वीरगञ्जको आदर्शनगर खेल मैदानमा भएको समूह ‘बी’को लीगमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले गोलरहित बराबरी खेले । गण्डकी कमलादेवी घर्ती पुन ‘वुमन अफ द म्याच’ चुनिइन् ।
प्रतियोगितामा ६ टीम सहभागी छन् । समूह ‘ए’मा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी, मधेश र प्रदेश १ तथा समूह ‘बी’मा सुदूरपश्चिम, गण्डकी र दोस्रो संस्करणको विजेता लुम्बिनी छन् ।
आर्मी पहिलो संस्करणको पनि विजेता हो । फाइनल माघ ८ गते हुनेछ ।