०२ असार २०८३, मंगलबार

कोरोना भाइरस परीक्षणको पीसीआर शुल्क घट्यो

कोरोना भाइरस परीक्षणको पीसीआर शुल्क घट्यो
प्रतिकात्मक तस्वीर

सरकारले कोरोना भाइरस संक्रमणको पीसीआर परीक्षण शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोभिड–१९ को पीसीआर परीक्षणको शुल्कमा समायोजन गरिएको बताए ।
    
उनका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा ८०० रुपैयाँ र निजी अस्पताल तथा प्रयोगशालामा १ हजार ५०० भन्दा बढी लिने नपाउने गरी नयाँ शुल्क तोकिएको बताए ।

सरकारले यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा १ हजार र निजी अस्पताल तथा प्रयोगाशालाले २ हजार रुपैयाँ लिने गरेका थिए ।

कोरोनाको लक्षण देखिएका सबैको सरकारी अस्पताल तथा प्रयोगशालाले निःशुल्क पीसीआर परीक्षण गरिने गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्